संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १३:७:२०
१२ वैशाख,संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले मङ्गलबार क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ । यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्नका लागि संयुक्त विश्वव्यापी प्रयास हो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्र विकास कार्यक्रमको नेतृत्वमा पहलले सामाजिक सञ्चारमाध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निगमहरूसहितको सहभागीहरूको एउटा विविध समूहलाई सङ्गठित गर्दछ । यस फराकिलो पहलले महासचिव गुटेरेसको ‘यो सबै विनाश निराशा होइन’ भन्ने महत्त्वपूर्ण सन्देशलाई जोड दिन्छ ।
“धेरै मुलुकमा जलवायु कार्यमा थप महत्त्वाकांक्षी कदम चाल्ने इच्छा छ तर त्यहाँ कुनै उपाय छ भनेर विश्वलाई परिचालन गर्न आवश्यक छ”, ‘सन् २०२५ सम्म एक दशमलव पाँचभन्दा तलको प्रक्षेपण’ कार्यक्रममा गुटेरेसले भने ।
गुटेरेसले हालैको चरम मौसमी घटना र वैज्ञानिक प्रतिवेदनहरूलाई उद्धृत गर्दै चेतावनी दिए, “हामीले जे देखिरहेका छौँ त्यो विपत्तिको पूर्वावलोकन मात्र हो, हामीले विश्वव्यापी तापक्रममा दीर्घकालीन वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित नगरेसम्म यसले प्रतीक्षा गरिरहने छ ।”
महासचिवले भने, “एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा अहिले पनि सम्भव छ तर लामो समयसम्म होइन ।” उनले सबै मुलुकलाई विशेषगरी जी २० सँग आफ्ना प्रयासहरूलाई तीव्रता दिन आग्रह गरे ।
“हामीलाई वित्त प्रवाह गर्न र जलवायु महत्त्वाकांक्षामा वृद्धिलाई सक्षम बनाउन यो वर्ष ठोस कदम चाल्न आवश्यक छ”, उनले भने, “संयुक्त राष्ट्रसंघ तपाईंलाई समर्थन गर्नका लागि एकजुट भइरहेको छ, कृपया अवसरको लाभ लिनुहोस्, आउनुहोस् मिलेर जलवायु कार्य योजनाहरूको आगामी चरण सार्थक बनाऔँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार