गरिमा विकास बैंकको संचालक र शेयरधनीलाई खुशीको खबर
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १७:४९:३७
काठमाडैं । गरिमा विकास बैंक लिमिटेडले गत वर्षको तुलनामा ५० प्रतिशतको नाफा वृद्धि सहितको वित्तीय विवरण प्रकाशन गरेको छ । गत वर्षको यसै अवधीमा २८ करोड १५ लाख ६४ हजार कमाएको बैंकले यो वर्ष ४२ करोड ३७ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।
पूँजी कोष अनुपात २० बाट १५ प्रतिशतमा संकुचन आउनु बाहेक बैंकको पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा परिचालन, खराब कर्जा लगायतका अधिकांश सूचकमा गरेको सुधारले बैंकको प्रगतिको संकेत गर्दछ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ३९ प्रतिशत, निक्षेप ६२, कर्जा लगानी ५२, र खुद नाफा ४१ प्रतिशत धेरैले सुधारिएको छ । यस अवधिमा बैंकको पूँजी २ अर्ब ७८ करोड ८३ लाख र जगेडा कोष ७९ करोड ६८ लाख पुगेको छ ।
यस अवधिमा बैंकले निक्षेप संकलन १८ अर्ब ६३ करोडबाट बढाएर ३० अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा परिचालन पनि १७ अर्ब १० करोडबाट २६ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।
व्यवसायमा बिस्तार गरेसँगै समीक्षा अवधिमा बैंकले ६९ करोड ९६ लाख खुद व्याज आम्दानीलाई बढाएर ९९ करोड ९ लाख पुर्याएको छ । कर्जा लगानीमा आएको वृद्धिले खुद ब्याज आम्दानी ९९ करोड ९ लाख पुग्दा प्रतिशेयर आम्दानी ३३ प्रतिशतले बढको छ ।
गत आर्थिक वर्षको चैत मसान्तमा १४ रुपैयाँ ८१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसा र खराब कर्जा पनि ०।७८ बाट ०।२६ प्रतिशतमा सुधार भएको छ ।
यस्तै प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा, र मूल्य आम्दानी अनुपात ९.६२ गूणा र बैंकको लगानीको प्रतिफल १७.८७ प्रतिशत छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ । नाफा बढेसँगै संचालक र शेयरधनीहरुले खुशी व्यक्त गरेका छन् । बैंकका प्रायः सबै सुचकहरुको सकारात्मक प्रगति देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार