शंखरापुर नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण बढ्दै, वासीङ व्यवसायीका कारण बज्रयोगिनी मन्दिर जोखिममा
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २२:५१:५६
साँखु । शंखरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरिरहेका छन् । साँखु, इन्द्रायणीलगायतका ठाउँका स्थानीयवासीसँग दुई रोपनीसम्म जग्गा भाडामा लिएर १० रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गरिरहेको भेटिएको छ ।
अनधिकृतरूपमा बालुवा उत्खननले साँखु, इन्द्रायणी, घुमारीचोकलगायतका ठाउँ कुरुप बन्दै जानुका साथै मरुभूमिमा परिणत हुनलागेकामा स्थानीयवासीले दुखेको पोखेका छन् । नगरपालिकाको वडा नं ७, ८ र ९ मा स्थापना भएको वासिङ उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गर्दै उत्खनन गर्दा समेत नगरपालिकाले चासो नदिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
वडा नं ७, ८ र ९ मा गरी १२ भन्दा बढी वासिङ स्थापना भएका छन् । वासिङले खानेपानीको मूल बिगार्नेदेखि स्थानीयवासीलाई समेत बाधा पुग्ने गरी अनधिकृत उत्खनन गर्ने गरेकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने घुमारीचोकका उदय थिङको माग छ । थोरै जग्गा भाडामा लिएर व्यापक सार्वजनिक जग्गा अतिक्रमण गर्दै उद्योग सञ्चालन गर्दा समेत नगरपालिका र वडा कार्यालयले कुनै छानबिन तथा अतिक्रमण रोक्न पहल नगर्नुले उनीहरुकै मिलेमतो रहेको प्रष्ट हुने स्थानीय समाजसेवी जयराम पुडासैनीले बताए।
यसै विषयमा वडा तथा नगरपालिकाको कार्यालयलाई पटक–पटक जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको पुडासैनीको भनाइ छ । “नगरपालिकाभित्र सञ्चालन भएका वासिङमध्ये दुईले मात्र खानी विभागबाट स्वीकृति लिएको हामीले बुझेका छौँ”, पुडासैनीले भने, “बाँकी अवैधानिकरूपमा सञ्चालन भइरहेका छन् ।”
वडा नं ९ मा पर्ने इन्द्रायणी तथा वडा नं ८ को घुमारीचोकलागयतका क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भइरहेको अवैधानिक उद्योगले ठूलो क्षति पुग्ने देखिन्छ । नेपाली काङ्ग्रेसबाट स्थानीय चुनावमा मेयरका प्रत्यासी बनेका शङ्खरापुरका शङ्कर तिवारी भन्छन्, “मापदण्ड र वैधानिकरूपमा चलेका वासिङलाई नियन्त्रण गर्नुपर्छ भन्न खोजेको होइन, सार्वजनिक जग्गा अतिक्रमण गरेर उत्खनन गरिरहेका अवैधानिक उद्योग तत्काल बन्द गर्नुपर्छ भन्ने हाम्रो माग हो ।”
साँखुको बज्रयोगिनी मन्दिर नै जोखिममा पारेर बालुवा उत्खनन भइरहेको छ । नगरपालिकाले इतिहास बोकेको यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगर्ने तथा सार्वजनिक जग्गाको अतिक्रमण नरोक्ने हो भने आन्दोलनसहित सर्वत्र बन्द गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । व्यवसायीले उत्खननका लागि खानी विभाग र स्थानीय निकायबाट स्वीकृति लिने गरेका छन् ।
सडकको नाममा बस्ती नभएको ठाउँमा बाटो लैजाने भन्दै पहाड फुटाएर बालुवा उत्खनन गर्ने क्रम तीव्र छ । यसका लागि नगरपालिका र सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । नगरपालिकाभित्र सार्वजनिक जग्गा अतिक्रमण निकै मौलाउँदोरूपमा देखिन्छ । यसलाई समयमै ध्यान नदिने हो भने पछि यसले विकराल रुप लिनसक्ने तिवारीले बताए ।
बाडोलचौरबाट वासिङ व्यवसायीले ठूलाठूला खाल्डा बनाएर बालुवा र माटो झिक्ने गरेका छन् । चौरको अवस्था कुरुप बनेको छ । बस्ती जोखिममा परेको छ, तर जनप्रतिनिधि नियन्त्रण र अवैधानिक कार्य रोक्नतर्फ लागिपरेको देखिँदैन ।
स्काभेटरले उत्खनन गर्दा बाडोलचौर नजिकै रहेको भद्रकालीको मन्दिर जोखिममा परेको छ । सार्वजनिक क्षेत्रबाट अवैध उत्खननले मन्दिर कतिबेला ढल्छ, ठेगान छैन । त्यस्तै वडा नं ८ मा पनि सार्वजनिक जग्गाको उत्खननले शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्लो डाँडा उजाडिएको छ । सांस्कृतिक सम्पदाको जर्गेनाभन्दा पनि विनास गर्ने कार्य बढिरहेकाले यस्ता कार्य बन्द गराउनुपर्ने स्थानीयवासी बताउँछन् ।
सोही क्षेत्रमा एक हजारभन्दा बढी घरधुरी भएको तामाङ बस्ती नै जोखिममा परेको छ । भूकम्पका कारण क्षति पुगेका खुलालटारमा रहेकोे मनमोहन प्रतिष्ठानको चौरमा समेत व्यवसायीले स्काभेटरको प्रयोग गरी उत्खनन गरिरहेका छन् । वासिङ उद्योगमा जनप्रतिनिधिकै लगानी रहेकाले नयाँ सडक खन्ने भन्दै बजेट छुट्याउँदै बस्ती नै नभएको ठाउँमा सडक लैजाने नाममा बालुवा उत्खनन भइरहेको स्थानीयवासीको आरोप छ ।
स्थानीय दिलीपकुमार श्रेष्ठ भन्छन्, “सार्वजनिक सम्पत्तिको दोहन हुँदा पनि मौन बस्ने जनप्रतिनिधि सार्वजनिक जग्गाको संरक्षणमा नलागेको प्रष्ट देखिन्छ । ध्यानाकर्षण गराउँदासमेत चासो नदेखाउँदा उद्योगमा उनीहरुकै संलग्नता रहेको आशङ्का बढेको छ ।” साँखुको बज्रयोगिनी मन्दिर नै जोखिममा पारेर बालुवा उत्खनन भइरहेको छ । नगरपालिकाले इतिहास बोकेको यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण नगर्ने तथा सार्वजनिक जग्गाको अतिक्रमण नरोक्ने हो भने आन्दोलनसहित सर्वत्र बन्द गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । व्यवसायीले उत्खननका लागि खानी विभाग र स्थानीय निकायबाट स्वीकृति लिने गरेका छन् ।
उत्खनन मापदण्डविपरीत छ/छैन भन्दै अनुगमन गर्ने निकाय स्थानीय तह र जिल्ला समन्वय समितिले अनुगमन नै गरेको पाइँदैन । मुख्य जिम्मेवार रहेका स्थानीय तह र जिल्ला समन्वय समितिबाट अनुगमन नै नहुनाले पनि अवैध उत्खनन बढेको देखिन्छ । सोही विषयमा शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले वासिङलगायतका व्यवसायीले सार्वजनिक जग्गा अतिक्रमण गर्न खोजे पनि नगरपालिकाले रोक्ने गरेको बताए । प्रमुखले रोक्ने गरेको बताए पनि स्थलगत अवलोकनबाट सार्वजनिक जग्गा अतिक्रमण भइरहेकोे प्रष्ट देखिन्छ ।
यसरी सार्वजनिक जग्गा अतिक्रमण गरेर भइरहेको उत्खनन रोक्न स्थानीय र केन्द्र सरकारले जोड नदिने हो भने शङ्खरापुर नगरपालिकाको खुलालटार, इन्द्रायणी, घुमारीचोकलगायतका क्षेत्रको बस्तीमाथि ठूलो क्षति पुग्नुको साथै खानेपानीको समेत हाहाकार हुने अवस्था छ । (आदित्य दाहालको सहयोगमा)
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार