प्रधानमन्त्रीको विकासः गृहजिल्लामा सडकमै रोपाईँ !
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार २०:३१:२६
झापा । आज असार १५ धान दिवस । देशभर राष्ट्रिय धान दिवस मनाइरहेका छन् । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् ।तर विडम्वना सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् ।
बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । भद्रपुर रोडका स्थानीय सन्तोष अग्रवालको घर अगाडि स्थानीयले सडक मर्मतमा प्रशासनको उदाशीनतालाई व्यंग्य गर्दै धान रोपिएको जनाइएको छ ।
धान रोपेपछि सडकमै उनीहरुले दही चिउरा पनि खाएका छन् । तर, बिर्तामोड नगरपालिकाले भने मुक्ति चोकदेखि सैनिक मोडसम्म ४ लेन र बाँकी दुई लेनको बाटो बनाउने गरी ठेक्का प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
भैँसी पाल्ने किसानलाई पचास हजार दिने
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार