विवाहित महिलाको अविवाहित नागरिकता बनाउन वडाध्यक्ष सक्रिय, सिडियो भन्छन “मलाई थाहा छैन” !
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १७:१२:४८
स्याङ्गजा । हामी सबैले नागरिकता लिएपछि वा बनाएपछि मात्र यो देशको आधिकारिक नागरिक कहलिन्छ । तपाई हामी सबैलाई थाहा छ कि राज्यको नियमानुसार एक ब्यक्तिले दुइ वटा नागरिकता लिन मिल्दैन तर स्याङ्गजाको चापाकोट नगरपालिका वडा नं ७ मा भने यो नियम भन्दा बाहिर रहेर एकै ब्यक्तिले दुइ वटा नागरिकता बनाएको पाइएको छ ।
वालिङ नगरपालिका वडा नं ७ निवासी जीवन सोतीको श्रीमती चित्रा थापाको चापाकोट नगरपालिका वडा नं ७ बस्ने अविवाहित नागरिक भनि सुदिक्षा थापाको नाममा दोश्रो नागरिकता बनाइएको खुल्न आएको छ । गत २०७५ कार्तिक महिनामा चा न. पा ७ का वडाध्यक्ष रविचन्द्र बस्ताकोटीले गरेको सिफारिसपत्र फेला परेपछि यो कुरा बाहिर आएको हाे ।
स्याङ्गजाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला यो विषयमा अनविज्ञ !
वडाध्यक्षको मिलेमतोमा फर्जी नागरिकता बनाएको भन्ने खवर बाहिरिएपछि वडाध्यक्ष बस्ताकोटीलाई हामीले वास्तविक कुरा बुझ्न− फोन सम्पर्क गरी सोध्दा उनले भने,‘ गल्ती भो, मलाई थाहा थिएन, सिडियो कार्यालयमा बोलाको छ म त्यतै जादै छु, बाटोमा छु मलाई झुक्काएर सिफारिस गराए ।
चित्रा थापाले सुदिक्षा थापाको नाममा दाश्रो नागरिकता बनाएको र जन्मदर्ता समेत त्यहि दिनमा नै बनाएको समेत खुल्न आएको छ ।
त्यस्तै हामीले पटक पटक सम्पर्क गर्दा पनि दाश्रो नागरिकता लिने चित्रा थापालाई भने फोन सम्पर्क हुन सकेन । उनले वालिङ नगरपालिका ७ मा जीवन सोतीको श्रीमती चित्रा थापाको नाममा नागरिकता लिइसकेकी थिइन ।
यता जिल्ला प्रशासन कार्यालय स्याङ्गजाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले भने आफु यो विषयमा अनविज्ञ रहेको बताए । निरौलाले नेपाल बहससँग भने,‘यो विषयमा मलाई थाहा छैन बोलाएको हुन सक्छ ।, यत्तिकै केहि भन्न सक्दिन । ’
तत्कालिन वडा सचिवले भने आफु त्यो दिन कार्यालयमा नभएको बताएकी छन् । चापाकोट नगरपालिकामा यस्ता घटनाहरु बेलाबेलामा भइरहेको पाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार