सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी
इन्द्र रिजाल
असार २६, २०७६ बिहिबार १७:५९:२१
काभे्रपलाञ्चोक । तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् ।
चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् ।
“आउँदो माघ महीनाभित्र खानेपानी अयोजनाको काम सम्पन्न हुँदैछ, तेमालको एउटा ठूलो सपना साकार हुनेछ”, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भने ।
विसं २०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि केही ढिला हुने देखिएको छ । लामाले भने, “द्रुत गतिमा काम भइरहेको छ, तर थोरै ढिला हुन्छ कि, सकेसम्म निर्धारित समयम सक्ने याजनामा पनि छौँ ।” तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ ।
तेमाल बृहत् खानेपानी आयोजना स्थानीयको सुखद् जीवनसँग जोडिएको आधाबाटाका इन्द्र तामाङले बताए । उनले भने, “सुनकोशीको पानी भनेको तेमालबासीको जिन्दगानी हो ।” उनका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका बासिन्दा विस्थापित हुनेथिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो ।
कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९० प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ ।
आयोजनामा नेपाल सरकारको ९० प्रतिशत, गाउँपालिकाको रु एक करोड र स्थानीय उपभोक्ता प्रतिपरिवार रु एक हजार लगानी रहेको छ । आयोजनाको नदीमा ‘फिल्टर’ गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ ।
४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटा वितरण ट्याङ्की निर्माणाधीन अवस्थामा रहेका छन् । सङ्घीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालय हेटौँडाका प्रमुख नन्दकुमार बञ्जाडेका अनुसार आउँदो माघभित्र आयोजना सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ ।
उनले सुनकोशी नदीबाट प्रतिसेकेण्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यिक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिने बताए । उनका अनुसार आयोजनाको लिफ्टिङका लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् ।
उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूँखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थान, चापाखोरी र मेच्छे तथा नमोबुद्ध नगरपालिकाको दुई वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् ।
उनका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् ।
तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदलदूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताए । उनका अनुसार ठूला बस्तीको बीचमा रहेका केही कुवामा दिनहुँ दुईदेखि ३०० वटासम्म गाग्रीका लाइन लाग्ने गरेको ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
जापानको सहयोगमा विद्यालय भवन निर्माण
बैशाख २६, २०८१ बुधबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार