प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा आजबाट शिव महाआरती सुरू
इन्द्र रिजाल
साउन १, २०७६ बुधबार १९:४६:३३
स्याङ्गजा । साउन महिना भगवान शिवको महिना भन्ने गरिन्छ । विशेष गरेर भगवान शिवको आराधना गरिने हुदाँ यसपटक स्याङ्गजा जिल्लाकै प्रसिद्ध छाँयाक्षेत्र मन्दिरमा एक महिना शिव महाआरतीसहित धार्मिक प्रवचन आजबाट सुरू भएको छ ।
श्रीस्वस्थानी व्रत कथामा आधारित भगवान शिवले सतीदेवीको मृत शरीर वोकेर हिड्दा अन्तिम शेष अंग पतन भएको स्थान यस छायाँक्षेत्र मन्दिरमा बर्सेनी लाखौ दर्शनार्थीले पुजा आजा गर्ने गर्दछन । यो मन्दिर गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थलको रूपमा परिचित रहेको छ ।थप प्रचारप्रसार र भक्तजनलाई शिव आरधना गराउने उद्येश्यले श्रावण १ गतेदेखि ३२ गतेसम्म शिव महिमासहितको धार्मिक प्रवचन र महाआरती आयोजना गरिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष तथा महाआरती मुल आयोजक समितिका संयोजक पिताम्वर श्रेष्ठले जानकारी दिए ।
हरेक दिन बिहान पुजापाठ, दिउँसो संगीतमया शिवमहिमा वाचन र महाआरती साँझमा गरिने अध्यक्ष श्रेष्ठले बताए । टाढा टाढाबाट आउने भक्तजनहरुका लागि आवाससहितको व्यवस्था र सुरक्षा व्यवस्थाका लागी सीसी टीभी जडान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
सम्पूर्ण तयारीका बारेमा मुल आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमको बारेमा आफ्नो तयारी पूरा भएको जानकारी गराएको थियो । सोही अवसरमा भीरकोट नगरपालिकाकी उपप्रमुख सिमा केसी कर्माचार्यले शिव मन्दिरमा विशेष शक्ति रहेको भन्दै मन्दिरलाई बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास गर्न सकिने बताएकी छन । प्रदेशबाट आउने ४० लाखले मन्दिरको विस्तार गर्दै प्रदेशको धार्मिक गन्तव्यको रुपमा विकास गर्नुपर्ने उपप्रमुख कर्माचार्यको भनाई थियो ।
कार्यक्रममा प्रमुख वाचक पण्डित प्रकाश तिवारीले हरेक दिन शिवमहिमा, भजनकृर्तन हुने बताए। जनै पुर्णिमाका दिन विशेष जलद्वारा जनै मन्त्र गरिने, हवन, वेदका विशेष मन्त्रोचारण गरी गरि पुजा गरिनेछ ।
बुधबार कलश यात्रा, हरेक दिन विहान ६ देखि ७ सम्म विशेष पूजा, दैनिक कन्या पूजा, दैनिक सन्ध्याकालिन ७ देखि ८ सम्म शिव महाआरती, प्रत्येक दिन सोमबार लक्ष्य दीप प्रज्जोलित, २० गते नागपञ्चमी विशेष पूजा, ३० गते जनै पुर्णिमा विशेष पूजा, ३२ गते यज्ञ समापन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिन्छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख सक्रान्ती, साउन सक्रान्ती, एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्ण अष्टमी, माघे सक्रान्ती, बालाचर्तुदशी, माता तीर्थऔँशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
सिद्धार्थ राजमार्गसँग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
गुरुङको अन्त्येष्टि परेकाले कांग्रेस संसदीय दलको बैठक सारियो
बैशाख २७, २०८१ बिहिबार
पर्वतका ९१ साना उद्योग बन्द
बैशाख २७, २०८१ बिहिबार
नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख २७, २०८१ बिहिबार