काठमाडौं । सांसद नवीना लामा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छन्। सांसद लामाको छाती दुख्ने समस्या देखिएपछि सोमबार साँझ ७ बजे उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
नर्भिकका सूचना अधिकारी आरपी मैनालीका अनुसार लामालाई चिकित्सक डा जेपी जैसवालको टिमले उपचार गरिरहेको छ ।उनलाई मंगलबार डिस्चार्ज गरिने अस्पताल स्रोतले जानकारी दिएको छ।