देवघाटमा ३० फिट अग्लो शिवमूर्ति बनाउन अभियान सुरु, रु ३ करोड सङ्कलन गर्ने लक्ष्य

इन्द्र रिजाल
चैत २८, २०७५ शुक्रबार १:८:१३

काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट शिवको मूर्ति निर्माण गर्नका लागि धातु र अर्थ सङ्कलन गर्न अभियान चलाइएको छ । अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि अभियान थालिएको देवघाट संरक्षण प्रतिष्ठानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यहाँ चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाममिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ । यसअघि विभिन्न जिल्लामा महायज्ञ सञ्चालन गरेर धातु र अर्थ सङ्कलन गरेको प्रतिष्ठानले आगामी वैशाख १ देखि ११ गतेसम्म काठमाडौंको पशुपतिनाथमा महायज्ञ आयोजना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिए । “साँगामा बनेको शिवमूर्तिको दर्शन गर्न काठमाडौं आएका धार्मिक पर्यटक पुगेकै हुन्छन्, त्यस्तै देवघाटमा बन्ने शिवमूर्तिले पनि पर्यटक भित्र्याउन अवश्य सहयोग गर्छ,” संयोजक पाण्डेले भने।
पशुपतिनाथस्थित हंसमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’मा रु ३ करोड सङ्कलन गर्ने लक्ष्य राखिएको बताउँदै प्रतिष्ठानका महासचिव मदन मिश्रले शिवमूर्ति निर्माणपछि देवघाटको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए । उनले घरमा थन्किएका धातुसहित सक्दो आर्थिक सहयोग गर्न आग्रह गरे । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा हुने महायज्ञमा तीन करोड बेलपत्र चढाउने तथा एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।
तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्वीन्टल धातु र रु ३२ लाख सङ्कलन भएको तथा सरकारबाट रु ५० लाख सहयोग प्राप्त भएको छ । महायज्ञमा रु एक लाख दान गर्ने संस्थापक सदस्य र रु पाँच लाख दान गर्ने व्यक्ति स्वतः संस्थापक सदस्य र संरक्षक हुने व्यवस्था छ ।
महायज्ञका मिडिया संयोजक नारायण ढङ्गानाले शिवमूर्तिसहित आकर्षक उद्यान तथा विश्रामस्थल र आश्रम निर्माण हुन सके देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका ठूलो टेवा पुग्ने बताए । महायज्ञ मूल समारोह समितिका सचिव युवकराज पराजुलीले धर्म र पर्यटन अन्तरराष्ट्रिय समुदायको आकर्षण र देशको समृद्धिका वाहक भएको उल्लेख गर्दै हरेक नेपालीको अपनत्व हुने गरी शिवमूर्ति निर्माण गर्न लागिएकाले सहयोगका लागि सबैमा आग्रह गरे ।
महायज्ञअघि नै रु २३ लाख
महायज्ञ शुरु हुनु अगावै विभिन्न क्षेत्रका समाजसेवीबाट रु २३ लाखको प्रतिबद्धता प्राप्त भएको जनाइएको छ । तेइस जनाले अहिले नै रकम दिन खोजेको तर आयोजकले महायज्ञकाअवसरमा हस्तान्तरण गर्न अनुरोध गरेपछि तत्काललाई पैसा हस्तान्तरण रोकिएको प्रतिष्ठानका महासचिव मिश्रले पत्रकारलाई जानकारी दिए ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल निवासी बनाथकाजी श्रेष्ठले धार्मिक क्षेत्रको विकास गर्न लागिएकाले रु एक लाखमाथि रकम सहयोग गर्ने आज पत्रकारमाझ घोषण गरे । “यस्ता धार्मिक क्षेत्रको संरक्षण गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ, सबैलाई मेरो आग्रह छ, धर्म, संस्कृति, संस्कार रीतिरिवाजको जगेर्ना हामीहरुले नै गर्ने हो, आउनुहोस् तन, मन धनले सहयोग गरौँ,” श्रेष्ठले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिंहको एकल इजलासमा
चैत २१, २०७९ मंगलबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
उच्च अदालत पाटनले धराैटीमा छाड्न आदेश दिएका चारजनालाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तय गरिने
मंसिर १९, २०८० मंगलबार
ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ? ’
मंसिर १९, २०८० मंगलबार
आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो
मंसिर १९, २०८० मंगलबार
गाजा इजरायल युद्धमा ६३ पत्रकार मारिए : सिपिजे
मंसिर १९, २०८० मंगलबार
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार
आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु
मंसिर १९, २०८० मंगलबार