साढे दुई लाखसहित जुवातास खेल्ने ३८ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार १३:१७:१५
२४ कार्तिक काठमाडौं । महानगरिय प्रहरीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका-११ घर भएका २० वर्षीय सन्तोष मोक्तानलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध डाइजेल्याब २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, एभिल २० एम्पुल र फेनारगन २० एम्पुल सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २० वर्षीय दिपेश महरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ स्थित मेची पुलबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक ४९ एम्पुल, डाइजेपाम ४९ एम्पुल र प्रोमिथेजाइन हाईड्रो क्लोराइड ४९ एम्पुल सहित मोरङ बेलबारी नगरपालिका-७ कुस्मे टोल बस्ने २२ वर्षीय बिशाल गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-७ भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब ४ ग्राम २५ मिलिग्राम सहित गुलरिया नगरपालिका-७ कृष्णरसार टोल बस्ने २७ वर्षीय रोजन पुरी र मधुवन नगरपालिका-२ ओरालीबजार बस्ने १९ वर्षीय दिनेश नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे.८ प ७८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-८ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम, नगद ९ हजार रुपैयाँ र चक्कु १ थान सहित मधुवन नगरपालिका-५ बस्ने २० वर्षीय खगेन्द्र शाही र २२ वर्षीय सन्तोष थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भे.७ प १७८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेल्ने ३८ जना पक्राउ
काठमाडौं, नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगा चोक घर भएका ७० वर्षीय बच्चु पुरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नैकाप बस्ने मकवानपुर थाहा नगरपालिका-१० घर भएका ३९ वर्षीय शक्ति मगर लगायत १० जनालाई नगद ५७ हजार ४ सय ६० रुपैयाँ र १ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लमजुङ, राईनास नगरपालिका-७ गरमबेशी बस्ने गणेश गुरुङको धन्सारमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २५ वर्षीय दिपेन्द्र पराजुली लगायत २८ जनालाई कौडा र नगद १ लाख ७१ हजार ६ सय १२ रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयास्थित लोकमर्गबाट कम्ब्रेज बैंक ९९९.९ लेखिएको सुन जस्तो देखिने पहेंलो धातु १ केजी सहित निजगढ नगरपालिका-११ रतनपुर बस्ने ४० वर्षीय ओम प्रसाद कुंवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना.२२ प.३४४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कुंवरको साथबाट उक्त धातु फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुक र वारूद सहित पक्राउ
बाग्लुङको काठेखोला गाउँपालिका-५ फुर्सेमाटा बस्ने ३५ वर्षीय रमेश घर्ती लगायत ४ जनालाई भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद ३ बोतल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिहुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
यता भक्तपुर, धनुषा, चितवन, मकवानपुर, बाँके र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीमा बा.६६ प ७४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने इलाम घर भएका ४६ वर्षीय छवि भण्डारीको उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
धनुषा, धनुषाधाम नगरपालिका-८ भिमान चोकमा ना.१ ज ८६६१ नम्बरको विङ्गर गाडीले ना.५१ प १०६७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका-९ डेरा गरी बस्ने सिरहा घर भएका १५ वर्षीय अमन दासको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय श्यामकिशोर कुमार कुश्वाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी धनुषा, गणेशमान चारनाथ नगरपालिका-९ बरमझिया जयनगर टोलमा को.१ त.९०७२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने पिताम्बर शर्माको छोरा ११ वर्षीय रितिक शर्माको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ ।
साथै सोही ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ७० वर्षीया पाको देवी यादवलाई उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२९ सभतेरीमा ग.१४ प ७१६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक तनहुँ ब्यास नगरपालिका-१४ बस्ने २४ वर्षीय बुद्ध पन्तको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ ब्यास नगरपालिका-१३ बस्ने २५ वर्षीय सुरेश हर्खको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७ न्युरेनीमा ना.५९ प ५९२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मकवानपुरगढी गाउँपालिका-३ बस्ने २५ वर्षीय राजेश तिमल्सिनाको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मकवानपुरगढी गाउँपालिका-३ बस्ने २५ वर्षीय प्रलाद तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बाँके, सोनारी गाउँपालिका-७ नयाँबस्तीमा भे.१ त ८०१ नम्बरको ट्याक्टरले म.२ प ७०३४ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका.७ सर्रा बस्ने २३ वर्षीय सुमन थारु र २५ वर्षीय संजिव थारुको नर्सिङ होम अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, सुन्दरहरैंचा नगरपालिका-४ स्थित सडकमा को.९ प ३३०० नम्बर र को.२५ प ९४५१ नम्बरका दुई मोटरसाइकल शनिबार बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका को.२५ प ९४५१ नम्बरको मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका-८ बस्ने १९ वर्षीय बाल कुमार पुरीको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका को.९ प ३३०० नम्बरको मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका(४ बस्ने ४६ वर्षीय टंक प्रसाद रिजालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
ललितपुर महानगरपालिका-१५ सातदोबाटो साङपाङ चोक बस्ने मुकेश महर्जनको घरबाट नगद तथा सुनका बिभिन्न गर-गहना समेत गरी करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार