शुक्रबार , कार्तिक १४, २०७७

भारतमा बिहानैदेखि मदिरा पसलमा एक किलोमिटरको लाइन !

भारतमा बिहानैदेखि मदिरा पसलमा एक किलोमिटरको लाइन !

२२ बैशाख, एजेन्सी । विश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागी भारतमा लकडाउन खुकुलो पारिएकाे छ ।  भारत सरकारले जारी लकडाउनलाई केही खुकुलाे पारेसँगै साेमबारदेखि मदिरा पसल खोल्न दिने निर्णयले मदिरा पसलमा मानिसको लामो लाइन लागेकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।

सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको भारतीय समाचार संस्था अमर उज्लेयालाले जनाएकाे छ ।

भारतले सोमबारदेखि मुलुकमा कोरोना भाइरस ‘कोभिड–१९’ को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ । एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ । मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ । दिल्लीका विभिन्न स्थानमा रहेका एक सय ५० मदिरा पसल सोमबारदेखि खुलेका हुन् । त्यस्तै कर्नाटक, छत्तिसगढलगायत विभिन्न राज्यमा पनि मदिरा पसल खुलेसँगै बिहानैदेखि मानिसहरु लाइनमा बसेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय