कोलम्बियाका पूर्व राष्ट्रपति उरिबे नजरबन्द मुक्त
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:४६:२२
२५ असोज, बोगोटा । कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ । उनलाई दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो ।
यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएकोे छ ।
प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध–सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाएका थिए । उरिबेले उल्लेखित घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको बताउँदै गरेको गुनासोमाथि सुनुवाई गर्दै अदालतले उनलाई सफाइ दिएको हो ।
उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित बनेका थिए । न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताए ।
अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरीबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गरेका थिए । उनले उरिबेले अदालतबाट न्याय पाउनेमा विश्वास व्यक्त गरेका थिए । सिन्ह्वा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार