तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १४:३४:४
२६ असोज, बागलुङ । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन् ।
“विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइसकेको छ”, जिप्रकाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले भने । उनले फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उल्लेख गरे । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ ।“जतिसुकै सानो भएपनि तोकिएको सजाय भोग्नैपर्छ, फरार प्रतिवादी आफै अदालतमा हाजिर भए प्रहरीले पक्रनै पर्दैन”, प्रनाउ रेग्मीले भने । न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् । गत साता सरकारी छाप र कागजात दुरुपयोगको मुद्दामा ८३ वर्षीय फक्राउ परेका थिए ।
पक्राउ पर्नेमा अधिकांश सार्वजनिक मुद्दाका दोषी छन् । बाँकी लागूऔषध, सवारी ज्यान मुद्दा, कुटपिट, चोरीलगायतका घटनामा संलग्न रहेकाहरु छन् । प्रहरीले पक्राउ परेका फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि तत्कालै जिल्ला अदालतमा उपस्थित गराउने गरेको छ ।
कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ । अन्य प्रतिवादी भने कानूनी प्रकृया अनुसार तोकिएको सजाय भुक्तान गरी अदालतबाट छुट्ने गरेको प्रनाउ रेग्मीले बताए । अदालतले कैद-जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका बेला प्रतिवादीलाई पक्राउ गर्ने गरिएको उनको भनाइ छ । प्रहरीले फरार प्रतिवादीको खोजीसँगै चाडबाडलक्षित सुरक्षा प्रबन्धका लागि सक्रियता बढाएको छ ।
चाडबाडका बेला हुने चोरीलगायत गैरकानूनी गतिविधि रोक्न र समाजमा शान्ति कायम राख्न प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको प्रनाउ रेग्मीले बताए । प्रहरीले केही दिनअघि अवैध घरेलु मदिरा र गाँजासमेत नष्ट गरेको थियो । बजारमा चेकजाँच र गस्तीसमेत बढाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार