मंगलबार , कार्तिक ११, २०७७

शिवको चिन्ता : संगीतमा विषादी मिसाउन थालियो !

शिवको चिन्ता : संगीतमा विषादी मिसाउन थालियो !

२९ असोज, काठमाडौं । पछिल्लो समय पैसाको बलमा संगीतमा नयाँ नयाँ प्रयोग गर्ने चलन बढ्दो छ । अझ त्यसमा पनि थोरै लगानी गरेर, छाडा शब्द राखेर बढी चर्चा कमाउने होडबाजी छ । युट्युबमा भ्युज कमाउने लोभमा जे मन लाग्यो त्यस्तै शब्द प्रयोग गर्ने चलन भन् बढ्दो छ ।

संगीतमा खासै ध्यान नदिने र सर्जक भ्युजको मात्रै चिन्ता गर्ने प्रवृत्ति मौलाएको छ । हरेक दिन सार्वजनिक हुने गीतसंगीतमा मिठास हराएका छन् । प्रतिस्पर्धा र व्यापार मात्र फस्टाएको छ । युटुबमा भ्यूज र ट्रेन्डिङमा आएपछि २ दिन सामाजिक संजालमा रमाउनु बाहेक कुनै सर्जकले संगीत सिर्जना गरेर के उपलब्धी गर्यो भन्न सकिने अवस्था छैन ।

यही प्रवृत्तिप्रति गायक तथा संगीतकार शिव परियारले चिन्ता व्यक्त गरेका छन् । जसरी तरकारीमा विषादी हालेर छिटो पकाउने गरिएको छ । त्यसरी नै संगीतलाई नै विषादी हालेर प्रदुषण गर्ने गरेकामा उनले चिन्ता व्यक्त गरेका छन् । तर यो स्वस्थ्य र राम्रो नहुने उनको भनाई छ ।

‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ हिजोआज । जसरी सही हावा, पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ, नपाउँदा विग्रन्छ । त्यस्तैगरि संगीत पनि फुल्न सही हावा पानी र वातावरण चाहिने रहेछ । अन्न बाली रोप्न माटो, हावा, पानी र वातावरण चाहिए जस्तै संगीत रोप्न पनि श्रोताहरुको मिल्दो मन, भावना र मस्तिष्क चाहिने रहेछ । यसरी पाकेको संगीत संगीत जगतकै लागि के स्वस्थकर होला त ?’ शिवले फेसबुकमा प्रश्न गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोनाका कारण दिउँसै खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो कोरोनाका कारण दिउँसै खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो ६ घण्टा पहिले
चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास ६ घण्टा पहिले
कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम कोरोनाको त्रासले दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम १३ घण्टा पहिले
एप्पलले लञ्च गर्याे १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चकाे आइफोन एप्पलले लञ्च गर्याे १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चकाे आइफोन १९ घण्टा पहिले
आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे आज विजयादशमी, टिकाको उत्तम साइत १०ः१९ बजे २० घण्टा पहिले
सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! सभापति देउवाले भने, घर-डेरामै सीमित रहेर पर्व मनाउनाैँ ! २० घण्टा पहिले
राष्ट्रपतिले शुभसाइतमा टीका र जमरा ग्रहण गरिन राष्ट्रपतिले शुभसाइतमा टीका र जमरा ग्रहण गरिन १४ घण्टा पहिले
स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल २० घण्टा पहिले