कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या गोलमाल
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शनिबार ४:३४:२
३० असोज, काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या गोलमाल देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांक नै बाझिएपछि कतै सरकारले मृतकको संख्या लुकाएको त होइन ?
सेनाले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट मृत्यु भएका ८८९ जनाको शव व्यवस्थापन गरिएको उल्लेख छ । जसमा हिन्दु धर्म मान्ने ३१६ जनाको शव गाडिएको, ४३० जनाको शव शव दाह गृहमा जलाइएको र ७१ जनाको शव चितामा जलाएको उल्लेख छ ।
यस्तै मुस्मिल धर्म मान्ने ३७ जनाको शव गाडिएको, बुद्धिस्ट १५ जनाको शव दाह गृह र १७ जनाको शव गाडिनुका साथै ३ जना क्रिश्चियन धर्म मान्नेको शव गाडिएको उल्लेख छ । जवकी नेपाल सरकारले भने शुक्रबारसम्म ७१५ जना कोरोना संक्रमितको मात्रै मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
सरकार र सेनाको तथ्यांकमा १७४ को फरक कसरी पर्यो ? यसबारे बुझ्न मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने आफ्नो संयन्त्रबाट संकलन गरेको तथ्यांक यही भएको जानकारी दिएका छन् ।
उनका अनुसार सुदूरपश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले ४१, मध्यपश्चिम पृतनाले ८५, पश्चिम पृतनाले १७, उपत्यका पृतनाले ४४४, मध्य पृतनाले १३९, मध्यपूर्वी पृतनाले ५४ र पूर्वी पृतनाले ९८ जनाको शव व्यवस्थापन गरेको छ । सरकारले विवरण सार्वजनिक गरेकोमा त कतिपयको त परिवारले नै अन्तिम संस्कार गरिसकेपछि मात्रै पनि संक्रमण पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार