मंगलबार , मंसिर ९, २०७७

ज्योति विकासको ३.३५ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिणत गरिने

ज्योति विकासको ३.३५ प्रतिशत संस्थापक शेयर साधारण शेयरमा परिणत गरिने

१८ कार्तिक, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण गर्ने बैंक सञ्चालक समितिले निर्णय गरेको छ । हिजो सोमबार बसेको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४.३५ प्रतिशत शेयर स्वामित्वबाट ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार संस्थापकको ५१ तथा सर्वसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्नुपर्नेछ । त्यसको लागि बैंकले संस्थापकको हिस्सा ५१ प्रतिशत कायम गरी ३.३५ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न लागेको हो ।

शेयर संरचना परिवर्तन सम्बन्धि सम्पुर्ण काम गर्न बैंक गर्न संञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय गरेको छ । प्रमुख कार्यकारी अधिकृतले नेपाल राष्ट्र बैंकबाट अनुमति लिने लगायतको आवश्यक कार्य अगाडि बढाउने तयारी थालिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय