मंगलबार , माघ १३, २०७७

ज्यानमारा भाइरसले सुत्केरी महिलाको मृत्यु

ज्यानमारा भाइरसले सुत्केरी महिलाको मृत्यु

१२ मंसिर, काठमाडौं । ज्यानमारा काेराेना भाइरसबाट मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।

१७ दिनकी सुत्केरी महिलाको बिहीबार राति ११ बजेतिर मृत्यु भएको हाे । श्वास फेर्न गाह्रो भएपछि १० मंसिरमा महिलालाई नोबेलमा भर्ना गरिएको थियो । उपचारका क्रममा मिर्गौलामा खराबी र निमोनिया देखिएको थियो ।

२५ गते शल्यक्रियामार्फत छोरी जन्माएकी महिलालाई ३० कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । झापाको दमकस्थित आम्दा अस्पतालमा कार्तिक २५ गते शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आमा र बच्चा दुवैको अवस्था सामान्य थियो ।

चार दिनपछि श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरेका थिए । विराटमा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो । विराटमा पाँच दिनको उपचारपछि होम आइसोलेसनमा बस्ने भन्दै घर लगिएको थियो । तर घरमा बस्दा अवस्था सुधार नभएपछि आफन्तले बुधबार नोबेलमा भर्ना गराएका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आरटीजीएस प्रणालीमा नेपाल क्लियरिङ हाउसले थप १० संस्था गर्यो आबद्ध , यी हुन् आबद्ध भएका बैंक वित्तहरु ? आरटीजीएस प्रणालीमा नेपाल क्लियरिङ हाउसले थप १० संस्था गर्यो आबद्ध , यी हुन् आबद्ध भएका बैंक वित्तहरु ? २० घण्टा पहिले
सिसाजस्तै कडा बरफ जमेपछि आधा परिवारले गाउँ छाडे सिसाजस्तै कडा बरफ जमेपछि आधा परिवारले गाउँ छाडे ४ दिन पहिले
बुक बिल्डिङ विधिबाट आईपीओ जारी प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले मंगलबार डाक्यो साधारणसभा बुक बिल्डिङ विधिबाट आईपीओ जारी प्रस्ताव पारित गर्न सर्वोत्तम सिमेन्टले मंगलबार डाक्यो साधारणसभा ७ दिन पहिले
फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु ७ दिन पहिले
स्याङ्जा, बलेवा र जुम्लामा कोभिडविरुद्धको खोप पुग्यो स्याङ्जा, बलेवा र जुम्लामा कोभिडविरुद्धको खोप पुग्यो १२ घण्टा पहिले
ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा ७ दिन पहिले
समय अभावका कारण प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा समय अभावका कारण प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा ४ दिन पहिले
सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्लामा तयारी तीव्र सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्लामा तयारी तीव्र २१ घण्टा पहिले