बिहिबार , माघ ८, २०७७

डोटीमा आगलागी हुँदा पाँच लाखको क्षति

डोटीमा आगलागी हुँदा पाँच लाखको क्षति

१२ मंसिर, डोटी । डोटीमा आगलागी हुँदा जिल्लाको सायल गाउँपालिका–६ का लालबहादुर खड्काको घर पूर्णरुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार चिसो बढेपछि घरको आगनमा शुक्रबार साँझ बालिएको आगो हावाले छानामा पु¥याएपछि आगो सल्किएको थियो ।

आगलागीबाट रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरी चौकी सायल देवरमाण्डौंको टोली तथा स्थानीयवासीद्वारा सो आगो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय