शुक्रबार , फागुण २१, २०७७

नेतृ झाँक्री राज्यबिरुद्धको अपराधमा पक्राउ

नेतृ झाँक्री राज्यबिरुद्धको अपराधमा पक्राउ

२९ माघ, काठमाडौं । पक्राउ गर्न प्रहरी घरमै आएपछि नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री राज्यबिरुद्धको कसुर अभियोगमा पक्राउ गरेको छ । झाँक्रीले सरकारले राज्यआतंक मच्चाएको बताएकी छिन् । शंखमुलमा बाहिर प्रहरी पक्राउका लागि पुगेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले बोलेकै आधारमा पक्राउ गर्न लगाउनु राज्यले आतंक मच्चाएको बताएकी हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध आफुले सधै प्रतिवाद गर्ने पनि बताइन् । प्रतिनिधिसभा विघटन गरेर आफुलाई सडकमा जान बाध्य पार्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध बोल्न नछाड्ने समेत उनले बताइन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको छ । तर नेकपाका नेता कार्यकर्ताले झाँक्रीलाई पक्राउ पर्न नदिन प्रहरीलाई घरभित्र छिरेकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेकाे हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय