धर्ममाथि विश्वास घट्दै गएकोले दुश्कर्म बढेको हो : कमल थापा
नेपालबहस संवाददाता
फागुन २५, २०७७ मंगलबार १५:४८:१३
२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जवर्जस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताएका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वर्थका खातिर कमजोर बनाउँदै लगिएकोले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले गगाडि बढ्ने ठोकुमा गरे ।
धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तीमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाले बताए। धर्म संस्कृतिलाई जोगाउन राप्रपाले प्रण गरेको हुँदा पार्टीको संगठनलाई मजबुत बनाएर आगामी निर्वाचनमा देशको प्रमुख राजनीतिक शक्तिको रूपमा राप्रपालाई स्थापित गर्न महिला संगठनले मूख्य भूमिका निर्वाह गर्ने आफुले विश्वास लिएको बताउँदै अध्यक्ष थापाले महिला नेतृहरुलाई संगठन निमाणमा जुट्न निर्देशन दिए।
स्थानीय निकायको प्रत्येक वडामा एकजना महिला प्रतिनिधी अनिवार्य रुपमा हुनुपर्छ भनी कार्यान्वयनको चरणमा पहिलो पटक प्रवेश गराउन राप्रपा सरकारमा रहेको अवस्थामा सफल भएको बताउँदै थापाले संविधान र कानुनमा मात्र महिला अधिकारको कुरा गरेर मात्र नहुने भएकोले त्यसलाई हुवहु व्यवहारमा उतार्नु आजको चुनौति रहेको प्रष्ट पारे ।
महिलाहरुको नेतृत्व विकासलाई मध्यनजर गर्दै राप्रपाले आगामी बैशाख २५ देखि २८ सम्म हुने केन्द्रीय महाधिवेशनमा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीनजना महाधिवेशन प्रतिनिधी चुनिने व्यवस्था गरेको उनले बताए ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा महिला नेतृहरु मिना सुवेदी, निना भेटवाल, मिरा कुँवर, अष्टमाया लामा लगायले सम्बोधन गरेका थिए, भने कार्यक्रम सञ्चालन युवा नेतृ कुमारी स्याङतानले गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार