विराट गोल्डकप चैत २६ सञ्चालन हुने
नेपालबहस संवाददाता
चैत ६, २०७७ शुक्रबार १३:५७:५४
६ चैत, मोरङ । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ‘रात्रिकालित बत्ती’ का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए ।
छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन् । प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले बताए।
गोल्डकप विजेता टोलीले रु १५ लाख १५ हजार र उपविजेता टोलीले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन् । पाँचौँ संस्करण विजेताले रु १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो । प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १५ हजार नगद रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ । प्रयोगिता राति ७ः०० बजेदेखि शुरू हुने तथा यसको टिकटदर रु दुई, तीन र चार सय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार