प्रमोद पोर्तेल र हिना मल्लको मायाको भिडियो रिलिज
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार १६:४४:२६
१६ चैत, धरान । बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले आफ्नो नयाँ गीत ‘माया’को म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन्।
बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ। गायक पोर्तेलको नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले साथ् दिएकी छिन्। माया गर्ने प्रेमिल जोडीहरु टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भन्ने समग्र गीतको भाब रहेको गीतको भिडियोमा गायक -गायिकाकै अभिनय रहेको छ।
गायक प्रमोद पोर्तेलको दोस्रो एल्वम ‘माया हो’ को यो तेस्रो भिडियो रिलिज गरिएको हो र यस अघि उनले माया हो,फर्कि आउँछु बोलका दुई गीतको भिडियो रिलिज गरिसकेका छन्। गीतको संगीत संयोजन डानिएल गदाल, मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग अपार रेकर्डस धरानको रहेको छ भने आभास जंङ्ग माझी र एडम लिम्बुको छायाँकन रहेको भिडियो को निर्देशन तथा सम्पादन सुल्तान फिल्म्स युकेको सुल्तान इदिङ्गोले गरेका हुन्।
भिडियो रिलिज पछि बोल्नु हुँदै बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले पछिल्लो समय सुगम संगीतमा यस्ता किसीमका गीतहरु नआएको भन्दै गायक पोर्तेललाई सफलताको शुभकामना दिए ।
कार्यक्रममा बिशेष अतिथी चर्चित गायक शिव लामिछाने ,बरिष्ठ लोक गायक गंगा बरदान ,विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई ,धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ ,गायक रोहित मास्के,गायक मनोज मोते,गायक डिल्ली फोम्बो , संगीतकार भानु थापा मगर,बराह ग्रुपका पीआरओ सुरेन्द्र सिंह विस्वकर्मा अतिथी रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार