हेटौँडामा आजदेखि विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १८:५९:१६
३ वैशाख,मकवानपुर । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन संघ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।
उनले देशलाई विश्वसामु चिनाउन खेल क्षेत्र र खेलाडीको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकूद क्षेत्र र खेलाडीको समस्या समाधानका लागि उपमहानगरपालिका सधैं तयार रहेको बताए । उनले कभर्ड हलमा हाल देखिएको बिजुली र साउण्ड सिस्टमको समस्या समाधानका लागि उपमहानगरपालिकाले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।
समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १० विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता मीरा चौधरीले खेलको विकास तथा विस्तार गर्ने, विद्यार्थीमा ब्याटमिन्टन खेलप्रति रुचि जगाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिताको आयोजना गरिएको जानकारी दिइन् । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा विभिन्न पाँच विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।
बाह्र वर्षमुनि उमेर समूहका लागि महिला र पुरुषको सिङ्गल तथा १२ वर्षमाथिको उमेर समूहमा महिला र पुरुषको सिङ्गल तथा पुरुषतर्फको डबल गरी पाँच वटा विधामा प्रतियोगिता सञ्चालन गरिने प्रवक्ता चौधरीले जानकारी दिइन् ।
प्रतियोगितामा सहभागी भएका खेलाडीमध्येबाट उत्कृष्ट ३० जना खेलाडीलाई दुई महिनासम्म निःशुल्क प्रशिक्षण प्रदान गरिने पनि वाग्मती प्रदेशका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने १२ वर्ष उमेर समूहका सिङ्गल छात्र तथा छात्राले क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु तीन हजार प्राप्त गर्नेछन् भने १२ वर्ष उमेर समूहभन्दा माथिका सिङ्गल र डबलतर्फ प्रतिस्पर्धा गर्ने छात्र तथा छात्राले क्रमशः नगद रु १० हजार, रु सात हजार र रु पाँच हजार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
चैत १८, २०७९ शनिबार
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
पुष १७, २०७९ आइतबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार