अस्पताललाई ११ थान अक्सिजन सिलिन्डर हस्तान्तरण
नेपालबहस संवाददाता
बैशाख २६, २०७८ आइतबार २०:४६:८
२६ वैशाख,वालिङ । अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९ को संक्रमणका कारण अक्सिजनको खपत दैनिक बढेपछि एसोसिएशनले सिलिन्डर हस्तान्तरण गरेको अध्यक्ष राजु तिवारीले बताए ।
वालिङ नगरपालिकाभित्र रहेका विभिन्न मेटल कम्पनी, वर्कशप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायत कम्पनीमा रहेका ११ थान अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरिएको अध्यक्ष तिवारीले बताए ।
“कोभिड संक्रमितको सङ्ख्या द्रूत गतिमा बढ्दै गइरहेका बेला उपचारका लागि अक्सिजनको अभाव हुन सक्छ”, अध्यक्ष तिवारीले भने, “कोही पनि संक्रमितले अक्सिजनको अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सिलिन्डर सङ्कलन गरी अस्पताललाई उपलब्ध गराएका हौँ ।”
सिलिन्डरको खोजी कार्य भइरहेकाले अझै थप गर्न सकिने उनले बताए । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र उपचारका लागि नगरपालिकासँगै अन्य सहयोगी सङ्घसंस्थाको पनि उत्तिकै साथ र सहयोग रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताए । उनले महामारीका समयमा रोकथाम तथा नियन्त्रणका साथै उपचारका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई आभार व्यक्त गरे ।
व्यवसाय बन्द गर्दै अस्पतालमै पुगेर सिलिन्डर हस्तान्तरण गरेकामा नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले खुशी व्यक्त गरे । पाण्डेले एसोसिएशनले विपद्का समयमा गरेको सहयोगलाई भुल्न नहुने बताउ । उनले प्राप्त सामग्रीको सही सदुपयोग गरी मानवीय जीवन रक्षाका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार