नेपाल आमा अनि हामी पीडित सन्तति
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार २०:१०:१८
मनमा ज्यादै पीडा हुन्छ, हाम्रो देश, धर्म अनि हामी निरीह जनता । सबै कुरा सम्झिएर ल्याउँदा र यो देशको दुर्दशा देख्दा मन नै भक्कानिएर आउँछ, अनि बेदना पोख्न मन लाग्छ ।
ओहो मेरो देशका सुसंस्कारबिहीन कुबुद्धिको पोको बोकेका, अल्प विद्या र अर्धबुद्धिले सजिएका स्वघोषित विद्वान भनिने मुर्खहरु हो ! यो देशलाई कहिल्यै पनि शान्त र जनतालाई सुखको श्वास फेर्न नदिने नै भयौं हैन ? कहिले आफ्नै नेतालाई खुफियासाग् मिलेर षडयन्त्रपुर्वक सफाया पारेर दोष चाहिँ अर्कोलाई थुपारेर भौतिक संरचनाहरु ध्वस्त पार्दै सत्ताको भर्याङ्ग चढन सफल हुन्छौं अनि छानविनको एक सदस्यीय समितिको नाटक गर्दछौं र आफै जाकिने भएपछि प्रतिवेदन नै नबुझाएर लुक्छौ ।
आफैले देशको डाडुपन्यु कब्जा गरेपछि छानविनको छ पनि उच्चारण गर्दैनौं, किन ? कहिले अमेरिकी सीआईए अनि भारतीय रअसँग मिलेर यो राष्ट्र निर्माणको नेतृत्व गर्नेको शाखा सन्तान नै निमिट्यान्न पार्ने काममा संलग्न हुन्छौं । कहिले विदेशी प्रभुको नुनपानी खाएर उनीहरुकै ग्रयाण्ड डिजाइनमा देशका सबै मठमन्दिर अनि सरकारी सम्पति र कार्यालय ध्वस्त पारेर १७ हजार भन्दा बढी सोझा सिधा निमुखा जनतालाई बेतुकमा बलि चढाएर देशको ५० औं खर्ब भन्दा बढीको भौतिक संरचना ध्वस्त पारे ।
जनताको सम्पति बैंकबाट अरबौं–खरबौं लुटेर साउथ एसियामा नै सबैभन्दा धनी पार्टी र व्यक्ति बनेर विदेशी बैंकमा पैसा थन्क्याए । विदेशी प्रभुको ईशारामा विदेशमा नै १२ बुँदे सम्झौता गरेर जनतालाई भाङ्ग धतुरो खुवाए सरि लठ्याएर राष्ट्र एकीकरण गर्न अगुवाई गर्नेको धरोहर राजसंस्था र ८५ प्रतिशत हिन्दुहरुको आस्थालाई जनमतसंग्रह बिनै रातारात भित्ते राष्ट्रपति बन्ने लोभमा निमिट्यान्न पार्यौ ।
पटक पटक भ्रमको खेती गरेर सत्तामा पुगेर विदेशीहरुको ईशारामा नाचेर क्रिश्चियनको होलिवाईन खाएर देशलाई इसाईकरण बनाउने प्रण गरेर खोक्रो राष्ट्रवादको नारा दिएर दुई तिहाईको दम्भ बोकेर गद्दारी गरी नेपाली जमिनमा विदेशी सैनिकलाई परेड खेल्न दिन एमसीसी भित्र्याउन मन्जुर भयौं । कहिले नेपालको जमिन फिर्ता ल्यायौं भनेर नाटक गरेउ तर त्यही जमिनमा विदेशी सैनिकलाई परेड खेलाई रह्रयौ ।
कहिले आफ्नै दुई तिहाईको सरकारमा भाडभैलो मच्याएर फुटाउँछौं र खिईदै गएर अल्पमतमा परेर पनि आफ्नै दम्भमा रमाउछौं । संविधानलाई दिन प्रतिदिन मिच्दै र संविधानको हुर्मत काढ्दै संविधान विपरित दर्जनौं अध्यादेश ल्याउने संवैधानिक निकायमा नियुक्ति एकलौटी गर्ने अनि आफ्नै र विपक्षी पार्टी फुटाउने । आफुसँग जनमत नभए पनि निरङ्कुश शासन चलाउन खोज्ने ।
आफ्नो अबैध र संविधान विपरितको अनि जनाधारबिहीन सरकार टिकाउन अध्यादेशबाटै नागरिकता ऐन ल्याउने, लाखौं विदेशीलाई नागरिकता दिलाउने, पटक पटक जनताको आस्थाको केन्द्र संसद भंग गर्ने, कोभिड १९ बाट आक्रान्त भै जीउने मर्ने दोसांधमा छटपटाई रहेका दुखित र पीडित जनतालाई अझै दुखी र पीडित बनाउन खोप औषधि उपचार दिनुको सट्टा बेमौसमी अबैध चुनाव आफुखुशी घोषणा गर्ने ।
चुनावी सरकारले दुनियाँमा चलिआएको लोकतन्त्रको नै हुर्मत काढ्ने गरि संविधानको मर्म विपरित, संस्कार र नैतिकता विपरित चुनावी कामचलाउ प्रधानमन्त्रीले सरकार बिस्तार गर्ने, बहुल राष्ट्रवादको बहस घोषणा गरि राष्ट्रलाई बिखण्डन गर्न खोज्ने राष्ट्रद्रोही उपप्रधानमन्त्री बनाउने र त्यसको साक्षी बस्ने । बालकदेखि राष्ट्रसेवक प्रहरी कर्मचारीहरुलाई दिनदाहाडै गोली ठोक्ने तथा भाला र फार्साले घोची घोची काटी मार्ने अपराधीहरुलाई नियम कानुनको धज्जी उडाएर जेलबाट रिहाई गर्ने रातारात सम्झौता गरि अबैध सत्ता टिकाउने दुस्प्रयास गर्ने ?
प्रत्येक नेपाली जनताको टाउकोमा ५८ हजार भन्दा बढी ऋण बोकाएर जनताको औषधि र कात्रोमा कमिशन खाने अनि भ्रष्ट्राचारमा लिप्त भएर बिना लाज बिगतमा अरु पार्टीकाले पनि कमिशन खाने र भ्रष्ट्राचार गरेकै हुन भनेर लाज पचाएर चोखो बन्न खोज्ने । देशका उपप्रधान्मन्त्रीले हेलिकोप्टरमा भारतीयले लिपुलेकमा खनेको बाटो हेरेर काठमाडौं आएर जनतालाई बेवकुफ बनाउन एउटा झिनो वक्तब्य निकालेर भारतीयको जवाफ पर्खिएका छौं भनेर अनि हामीले त बिरोध गरे कै हौ अरु पार्टीले यही पनि गरेका थिएनन् । हामी त ठूलो राष्ट्रवादी हौं भनेर लाज पचाएर बस्दैमा राष्टभक्ति हुने हो र ? खोक्रो राष्ट्रवादको नक्कली नाराले देश विकाश र जनतामा सुशासन त हुँदैन नि ।
आजका सचेत नेपाली नागरिकले यी र यस्ता सबै नाटक राम्ररी नै बुझेका छन् र बुझ्दैछन् । धन्य हो, महान सर्वहारा विचारक, खर्बपतिको सपना देख्ने अनि राष्ट्रभक्तिको मन्त्र जप्दै देशलाई फिजिकरण अनि भुटानीकरणको बाटोमा डोर्याउने महान मार्क्सवादी र लेलिनवादी बिद्वानहरु ! यो देश यसै गरी गरी स्वाहा पार्नु हुने भयो ।
विधिको बिडम्बना ! हरे, हे भगवान ! यो देश र जनतालाई यी धुर्त ब्वाँसाहरु, बिदेशी दलालहरु अनि विदेशी गिद्देदृष्टिबाट के कसरी हुन्छ छिटो मुक्ति देउ र जोगाउ । दुई करोड नेपालीको बिनम्र प्रार्थना छ । जय मातृभूमि !
(अधिवक्ता बद्रीकुमार पौडेल छेत्री प्रजातान्त्रिक महासंघमा आबद्ध लोकतान्त्रिक बुद्धिजीवी संघका केन्द्रीय सदस्य हुन् । )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
नेपालबारे के भन्छिन जापानकी विदेशमन्त्री खामिखावा ?
बैशाख २३, २०८१ आइतबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार