संसदीय टोलीद्वारा कर्णाली करिडोरको अनुगमन
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार २२:४:२७
११ कार्तिक, सुर्खेत । संघीय संसद्को विकास तथा प्रविधि समितिले कर्णाली करिडोरको अनुगमन गरेको छ । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो ।
अनुगमन टोलीमा समितिका सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा सदस्यहरू रंगमति शाही, यज्ञबहादुर सुनुवारलगायत थिए । उनीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत अनुगमन गरेका हुन् ।
कर्णाली करिडोरको हुम्ला खण्ड निर्माण भइरहेको छ । हुम्ला खण्ड नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले निर्माण गरिरहेको छ । करिडोर निर्माण प्रगतिको अवस्था बुझ्न अनुगमन गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘कर्णाली करिडोरको निर्माण अवस्था र भइरहेको काम बारे समितिले निरीक्षण गरेको छ,’ उनले भने, ‘अनुगमन समितिमा सांसद, सचिवालयका कर्मचारी र नेपाली सेनाका उच्च अधिकारी थिए ।’
सडक निर्माण सुस्त भएको गुनासो आएपछि संसदीय समितिले चासो देखाएको र कामलाई तिव्रता दिन संसदीय समितिले निर्देशन दिने समितिका सदस्य रंगमति शाहीले बताइन् । ‘हुम्लाको हिल्सा, लिमी, लाप्चा क्षेत्रको सडक निर्माणको अवस्था र बाँदरठेलामा सलीसल्लासम्म सडकको अवस्था बुझ्ने काम भएको छ,’ उनले भनिन्, ‘चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुल र हुम्ला खण्ड करिडोरमा पर्ने साना ठूला १८ वटा पक्की पुल निर्माण प्रगतिबारे पनि जानकारी लिएको छ ।’ समितिले महाकाली करिडोरको निर्माण अवस्था बारे जानकारी लिने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
जापानको सहयोगमा विद्यालय भवन निर्माण
बैशाख २६, २०८१ बुधबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार
एमाले र माओवादी विभाजित भएपछि अगाडी बढेन संवैधानिक परिषद्सम्बन्धी विधेयक
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार