२३ मंसिर २०७८, बिहीबार

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:२७


९ मंसिर, मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।
नाम नखुलाइकन एक प्रहरी अधिकारीले सिन्ह्वालाई मोगादिसुको KM4 जंक्शन नजिकै भएको विष्फोनटमा धेरै हताहत भएको बताएका छन्। प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।
त्यसैगरी  प्रत्यक्षदर्शीहरूले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा

किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता