१३ असार २०७९, सोमबार
भन्सार विभाग

कोरोना घटेपनि मास्क आयात घटेन, दश महिनामै बाहिरियो एक अर्ब २१ करोड

प्रकाशित मिति :  १२ जेष्ठ २०७९, बिहीबार १४:१७


१२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण सुरुभएको समयमा नेपालमा फेसमास्क उत्पादन न्युन भएकाले आयात गर्नु नोपलका लागि बाध्यता थियो ।

कोराना संक्रमण नियन्त्रणका लागि सरकारले आयतभन्दा स्वदेशमै उत्पादन प्रेत्साहन गरेपछि धरै मास्क उत्पादन गर्ने कम्पनी पनि खुलेका थिए ।

पछि निर्यात समेत सुरुभएको थियो । तर, अहिले कोराना घटेर मास्क लगाउनेको संख्यासमेत घटिरहेका बेला नेपालमा मास्क आयातका लागि भने धेरै रकम बाहिरिइरहेको छ ।

सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको दश महिनाको अवधिमा नेपालबाट फेसमस्क आयातमा १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँ बाहिरिएको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य बराबरको मास्क नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालले १४ करोड ७५ लाख १५ हजार ८८२ थान फेस्कमास्क आयात गरेको छ ।

विभागका अनुसार नेपालमा ३७ देशबाट फेसमास्क आउने गरेको छ । चीनबाट नेपालमा सबैभन्दा बढी फेसमास्क आएको पछिल्लो दश महिनाको तथ्याङ्कले देखाउँछ ।

चीनबाट बितेको दश महिनामा ९५ करोड ८ लाख २४ हजार रुपैयाँको १४ करोड २५ लाख ५३ हजार ६३८ थान फेसमास्क नेपालमा भित्रिएको छ ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता