घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर
नेपालबहस संवाददाता
साउन ३१, २०७९ मंगलबार १४:०:११
३१ साउन, लमजुङ । लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका– ८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ । सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर मार्फत यस्ता विभिन्न काम गर्दै आएका हुन् ।
पूर्वशिक्षकसमेत रहेका ५० वर्षीय गुरुङका अनुसार उनी सानो हुँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन भन्ने मान्यता थियो र खुर्सानी कसैले लगाउँदैनथे। ‘गाउँका केहीले बजारबाट किनेर र केहीले मागेरै काम चलाइएको अवस्था थियो’, उनले भने ।
पछिल्लो चार वर्षको बीचमा छिमेकी मपिङ गाउँ पनि त्यही अभ्यासमा छ । घाम्राङ गाउँमा ६५ घर परिवार बसोबास गर्दछन् भने मपिङमा ४० घरपरिवार बस्दै आएका गुरुङले बताए ।
उनका अनुसार गाउँमा ‘मोही माग्नेलाई दिनु, खुर्सानी माग्नेलाई नदिनु’ भन्ने नारा र अभियान नै चलाइएको छ । अकबरे खुर्सानीमा गाउँलाई आत्म निर्भर बनाउने सपना गुरुङले चार वर्षअघि देखेका थिए ।
पहिलो वर्ष उनले आफ्नै बारीमा त्यसको परीक्षण शुरु गरेका थिए । अहिले घाम्राङ गाउँका १० घरपरिवारले अकबरे खुर्सानीको व्यवसायिक उत्पादन थालेका छन् भने अन्य सबै घरले आफ्नो परिवारलाई पुग्ने गरी अकबरेको खेती गर्न थालेको गुरुङले बताए ।
चार प्रकारको अर्गानिक मल उत्पादन प्रविधिबारे गाउँलेलाई सिकाइएको अकबरे खुर्सानीका व्यवसायिक खेती गरिरहेका अर्का किसान कमलप्रसाद गुरुङले बताए ।
उनका अनुसार अहिले घाम्राङ र मपिङ गाउँमात्र हैन आसपासका चरागाउँ, पसगाउँ, मालिङ, भोजे गाउँमा पनि अकबरे खुर्सानीको व्यवसायिक उत्पादन हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार