“बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” पत्रकार नरेश भट्टराईलाई

नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २०:१८:२२

१९ चैत्र, काठमाडौं । नेपाली संगीत क्षेत्रको श्रीबृद्धिका लागि बिगत २५ बर्षदेखि क्रियाशील बिन्ध्यबासिनी म्युजिकले गत १३ बर्षदेखि बार्षिक रुपमा बिन्ध्यबासिनी म्युजिक अवार्ड गर्दै आईरहेको छ । श्रस्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबर्द्धनमा भुमिका निभाएका पत्रकारहरुलाई पनि नेपाली संगीत समाजले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनी म्युजिक प्रालिले यो सम्मानको सुरुआत गरेको हो ।
निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीत क्षेत्रको इतिहास मै पहिलो हो । यसअघि “बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता पुरस्कार”ले गीत संगीत बिटमा विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर काम गरिरहेका पत्रकारहरूलाई पनि बिन्ध्यबासिनी म्युजिकले पुरस्कृत गरेको थियो । बिक्रम सम्बत २०७० सालमा बिदुर गिरी, फूलमान बल, बिजय सुवेदी (आवाज), कृष्ण भट्टराई, अशोक प्यासी राई, लक्ष्मण सुवेदी, दीपक बिहिन, मन्दिरा ढुंगेल, नरेश भट्टराई, तुलसी गिरी “भावुक”, प्रदीप निरौला, युमाश शेर्पा, स्वीकृत नेपाल, सुरज श्रेष्ठ, लोक संचारकर्मी नेपाल संस्था र हेम सुवेदी पुरस्कृत भएका थिए।
यसैगरी बिक्रम सम्बत २०७१ सालमा सुर्यकुमार क्षेत्री, राजाराम फुयाँल, शान्तिप्रिय, नवराज लम्साल, सविना कार्की, राज श्रेष्ठ, चन्द्रमणि गौतम, राजु बोहोरा, डब्बु क्षेत्री, गोबिन्द गिरी,अनन्त वाग्ले, डम्बर बहादुर बुढाथोकी, नविन दाहाल, श्यामस्मृत, राजन घिमिरे, रेमन दास श्रेष्ठ, सुब्रत आचार्य बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका थिए ।
यसका अलावा यो पुरस्कारबाट कला सुब्बा,बिदुर खतिवडा,आर.सी यादव, अजिता अधिकारी, मनोज पन्त, राम अबिरल, मोहन कुमार विष्ट , सुमन बैरागी, तुलसी बस्नेत, शारदा थापा, कृतन अधिकारी, प्रिया थापा, भूमिमा थापा, श्री गोबिन्द रोस्वारा, निमेष गौतम, सामिप्य राज तिमिल्सिना, सन्तोष भट्टराई, अनुषा पौडेल, आशेष अधिकारी, गीता अधिकारी, एम.पी सुब्बा, अमर ध्वज लामा, अनुपा श्रेष्ठ, बिष्णु प्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, रीता लिम्वु, बिजय नेपाल, अनिता खत्री, हरि बल्लभ नेपाल, केशब ढकाल, कृष्ण वलि, प्रकाश पौडेल, सपनी राई, शिवम कुमार शाह सम्मलाई बिन्थ्यबासिनी म्युजिक प्रालिले सम्मान गरिसकेको छ ।
“बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान” बाट हालसम्म सम्मानित व्यक्तित्वहरुको नामावली बिन्ध्यबासिनी फाउन्डेसनले उपलब्ध गराएको छ । जस अनुसार ,
१. बिदुर गिरी बि.सं. २०७०
२. नवराज लम्साल बि.सं. २०७१
३. कृष्ण भट्टराई बि.सं. २०७२
४. सुमन खरेल बि.सं. २०७३
५. डब्बु क्षेत्री बि.सं. २०७४
६. रमण घिमिरे बि.सं. २०७५
७. राजेश खनाल बि.सं. २०७६
८. अनन्त वाग्ले बि.सं. २०७७
९. स्याम स्मृत बि.सं.२०७८ र बि.सं. २०७९ मा नरेश भट्टराईलाई सम्मान गर्न लागेको कुरा ऊल्लेख छ ।
२५ हजार धनराशी समेत रहेको यो “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” बिगत २५ बर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संगीत र श्रस्टाको प्रबर्द्धन र बिकासमा योगदान पुर्याएवापत नरेश भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको कुरा फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का
जेठ १९, २०८० शुक्रबार
पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को आवेदन फारम खुल्ला
जेठ १९, २०८० शुक्रबार
टिकटक रियालिटी शोको अडिसन खुल्यो
जेठ १९, २०८० शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार