प्रदेश २ मा ३५६ किलोमिटर पक्की सडक निर्माण
नेपालबहस संवाददाता
फागुन २७, २०७७ बिहिबार १६:३३:५
२७ फागुन,सर्लाही । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो ।
प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नीति तथा कार्यक्रममा रहेका १० वटा झोलुङ्गे पुलमध्ये तीनवटा झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको प्रदेश नं २ को भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बताए ।
सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन गरिएको र प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल ट्युबवेल निर्माणबाट प्रदेशको १६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको मन्त्री सोनलले बताए । सो अवधिमा २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावर ड्रिल ट्युबवेल निर्माण, प्रदेशको करिब पाँच हजार ४३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट एक हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ । खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत भएको छ भने ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको मन्त्रालयले बताएको छ ।
मन्त्री सोनलका अनुसार जनता आवासतर्फ करिब चार हजार ६५९ घर निर्माणको सम्झौता भएकामा हालसम्म करिब दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको छ । प्रदेश परिवहन सञ्चालन गरिने प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको मन्त्री सोनलले बताए ।
प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारले रु तीन करोड नौ लाख ८२ हजारमा पाँच वटा बस खरिद गरिसकेको छ । मन्त्री सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । उनले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडादर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थितरूपमा सञ्चालन गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार