कसरी पत्याउने ओलीलाई ?
नेपालबहस संवाददाता
जेठ १२, २०७८ बुधबार १६:५४:२६
सम्पादकीय
१२ जेठ, काठमाडाैं । आज बुद्ध जयन्ती, नेपाली राजनीतिक वृत्तका कहलिएका नेतागणले आजको दिन विशेष रुपमा स्मरण गरेको देखिन्छ । राष्ट्रपति , प्रधानमन्त्री, मन्त्रीलगायत विपक्षी दलका नेताहरुले पनि बुद्धको आदर्श र मार्गदर्शन अपनाउन सबैलाई पाठ पढाएका छन् । अहिंसा र मोक्षका विषयमा लामै भाषण पनि छाँट्छन् । तर व्यवहार भने ठीक उल्टो देखिने गरेको छ । न त अहिंसालाई मान्छन् न अरुको अस्तित्व नै स्वीकार्छन् । यस्तो दुष्कार्यका लागि जो अगुवा छ उही नै बाटो…. देखिन्छ ।
राष्ट्रपति , प्रधानमन्त्री र विपक्षी दलका नेताहरुले आज वक्तव्य जारी गरेर भगवान गौतम वुद्धप्रति भक्तिभाव प्रकट गरे । तिनै नेताहरुको कार्यशैली र व्यवहार भने विपरित पाइन्छ । आज देशमा चर्काे द्वन्द्व छ । राजनीतिक दलका नेता आपसमा शत्रूतापूर्ण व्यवहार गर्छन् । एउटै पार्टीमा आवद्ध भएपनि एकअर्काको अस्तित्व स्वीकार्दैनन् । सबै सुख सुविधा आफैंलाई चाहिएको छ । अलिकति पनि बाँडचुड गरौं भन्ने भावना कसैमा छैन । त्यसको शिकार देश र नागरिक भइरहेका छन् ।
कोरोना जस्तो ज्यानमारा महामारीको बेला छ । तर सत्ताधारी पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने सत्ताकै खेलमा अल्झिएका छन् । आफू मात्र नभई सम्पूर्ण देशलाई नै अनिष्टतिर धकेल्दैछन् । प्रतिनिधिसभाको कार्यकाल लगभग दुई वर्ष बाँकी नै छ ,तर ओलीलाई भने अहिल्यै चुनाव चाहिएको छ । नागरिकका लागि आवश्यक कोरोनाविरुद्धको खोप ल्याउन कुनै चासो छैन । बरु ४० अर्ब सकेर भएपनि आफ्नो सनक पूरा गर्न चुनावतिर देशलाई धकेल्न खोज्दैछन् ।
आफ्नै पार्टीका सिनियर नेताहरुलाई भित्तामा पु¥याउने उनको दुष्ट सोच र व्यवहारको मूल्य सारा नेपालीले चुकाउनुपर्ने भएको छ । ओलीको सनकलाई वैधता दिने कुचेष्टा गर्दैछिन् विद्यादेवी भण्डारी । हुन त उनी राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन छन् । तर उनको व्यवहार भने ओलीको चौवन्नी कार्यकर्ता भन्दा बढी छैन । उनकै व्यवहारबाट लोकतन्त्रप्रति नै जनमानसमा वितृष्णा र विकर्षण पैदा भएको छ ।
खड्ग–विद्या मण्डलीले देशै प्रताडित तुल्याइदिएको छ । तर उनीहरुकै भाषण र विज्ञप्ति सबैभन्दा ओजश्वी र तिलस्मी मान्नुपर्ने गरी आउने गर्छ । आज साँच्चै स्वतन्त्र सर्वेक्षण गर्ने हो भने खड्ग–विद्या जोडीको लोकप्रियताको वास्तविक ग्राफ देख्न सकिन्छ । आम नेपालीको गाली र घृणा यो जोडीप्रति तेर्सिएको छ । तर शक्तिको आडमा अहिले भने उनीहरुले त्यसलाई रोक्न सफल भएका छन् । सधैं यही अवस्था र स्थिति रहने छैन ।
सबैभन्दा उच्च ओहदामा रहेका व्यक्ति सबैका लागि उदाहरणीय र प्रेरणापुञ्ज हुनुपर्ने हो । आज देशका पाँच पाँच जना प्रधानमन्त्रीहरु उनको निरंकुशताविरुद्ध न्यायलयको ढोका ढक्ढक्याउन जानुपर्ने अवस्था आएको छ । यो कसैले रहर गरेर भएको घटना होइन । स्वयं राष्ट्रपति र प्रधानमन्त्रीले सिर्जना गरेको बाध्यात्मक परिस्थिति हो । आफ्नै पार्टीका वरिष्ठ नेताहरु जो देशको र पार्टीको प्रमुख कार्यकारी भएर लामो समय चलाइसकेका छन्, ती सबैलाई पाखा लगाएर एकल शासन गर्ने ओलीको सोच र त्यसलाई ठप्पा लगाउने विद्याको आचरणले आम जनताले पीडावोध गर्नुपरेको छ ।
एकपटक सत्तामा गएपछि सदासर्वदा कब्जा गर्छु भन्ने ओली सोच अहिलेको जमानामा नेपाली नागरिकले भोग्नु दुर्भाग्यपूर्ण हो । नत्र एउटै व्यक्ति संविधानमा भएको सबै प्रकृया अनुसार एउटै अवधिमा प्रधानमन्त्री हुन सक्ला ? यस्तो अनौठो घटना विश्वमा कतै भएका होलान् त ? तर ओलीले भने त्यो चरितार्थ गर्न खोजेका छन् । राष्ट्रपतिको आडमा यस्ता गलत कृयाकलापले प्रश्रय पाइरहेका छन् । त्यसलाई नियन्त्रण नगर्ने हो भने संविधान र लोकतन्त्र सदाका लागि परास्त हुनेछ ।
ओलीको व्यवहारले जंगबहादुरको याद दिलाएको धेरैको अनुभव छ । इतिहासमा जंगबहादुरको जुन प्रवृत्ति र कार्यशैलीबारे पढिएको थियो ,ठीक त्यही व्यवहार ओलीबाट भएको छ । ओली प्रवृत्तिको राजनीतिक वृत्तमा मात्र नभई नागरिक समाजले समेत भत्सर्ना गरेको छ । आखिर ओली मात्रै कसैका खान्दानी दुष्मन हुन् र ? पक्कै होइनन् । उनको विरोध गर्नेले व्यवहार र कार्यशैलीलाई आधार बनाउने हो ।
सत्ता प्राप्ति र जोगाउनका लागि ओली कुन हदसम्म गिर्दारहेछन् भन्ने प्रष्ट्याउन एउटै घटना पर्याप्त भएको छ । करिब तीन वर्ष अगाडि नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता गरेको सरकारले नेपाली कांग्रेस र मधेस केन्द्रित दलले उठाएका माग गलत भन्दै पारित हुनबाट रोकेको हो । त्यति मात्र होइन , सत्तामा उक्लनु अगाडि ओलीले बुटवलमा गरेको एउटा भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
जसमा ओली भन्छन्– नागरिकता भनेको रानीको जन्मोत्सवमा केटाकेटीलाई बाँडेको चक्लेट हो र ? बोर्डर बस्ने आउने जति सबैलाई नागरिकता बाड्ने ? आज उनी ओलीले सत्ता जोगाउन उल्टो काम गरेका छन् । उनले जारी गरेको नागरिकता अध्यादेशले पुराना सबै भाषण घाममा सुकाइदिएका छन् । त्यसैले यस्ता नेताबाट देशको विकास र समृद्धिको विश्वास नेपाली जनताले अब भने कहिल्यै नगर्ने अवस्था सिर्जना भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
डिजेल र मट्टीतेलको मूल्य घट्यो
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
दाङको तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण
बैशाख १८, २०८१ मंगलबार
टोयोटा गाडी किन्ने ग्राहकहरुलाई गरिमा विकास बैंकले आधार दरमा सवारी कर्जा प्रवाह गर्ने
बैशाख १८, २०८१ मंगलबार
सहकारी ठगीमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद फरार
बैशाख १८, २०८१ मंगलबार