कामना सेवा विकास बैंकमा करोडौंको घोटालाः सीईओ बस्नेतसहित दर्जनौं कर्मचारीबिरुद्ध पक्राउ पुर्जी जारी
नेपालबहस संवाददाता
माघ १०, २०७९ बुधबार १:३७:२३
१० माघ, काठमाडौं । जागीरको अवधि सकिने सकिने बेलामा कामना सेवा विकास बैंकका सीईओलाई ठूलै आपत आईलागेको छ । यही महिनाको अन्तिम तिर आफ्नो चार बर्षे कार्यकाल सकेर बिदा हुन लागेका सीईओ प्रवीण बस्नेतसहित बैंकका दर्जनौ कर्मचारीबिरुद्ध प्रहरीले प्रक्राउ पुर्जी जारी गरेपछि यस्तो आपत आईलागेको हो । ऋण प्रवाह गर्दा चर्को कमिशन खाएर झण्डै ३५ करोड रुपैयाँ घोटाला गरेको प्रमाणित भएपछि बैंकका सीईओसहितका उच्च अधिकारी र शाखा प्रबन्धकसम्मका नाममा प्रक्राउ पुर्जी जारी भएको हो ।
३५ करोड रुपैयाँ बराबरको ऋण प्रवाहमा अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको हो । प्रहरी स्रोतका अनुसार कर्जा अपचलन भएको विषयमा राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न पत्र पठाएपछि बैंकका सीईओ लगायतका उच्च पदस्त व्यक्तिहरु मोवाइल स्वीच अफ गरी फरार भएका छन् ।
लहरो तान्दा पहरो भेटियो भने झैं कामना सेवा विकास बैंकमा बर्षोदेखि सेटिङ मिलाएर ऋण अपचलन गर्दै आईरहेका सीईओ लगायतका उच्च पदस्त कर्मचारीबिरुद्ध केही सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले विशेष स्थलगत अध्ययन (ईन्पेक्सन) गरेको थियो । डेढ करोडको एउटा कर्जा घोटाला प्रकरणबारे राष्ट्र बैंकको विशेष इन्सपेक्सनपछि त्यस्ता थुप्रै कर्जाका फाइलहरु कमसल धितो एवं अधिक मूल्याङकनमा प्रवाह गरी बैंकलाई नोक्सान पारेको भेटिएको थियो । विशेष स्थलगत अध्ययन प्रतिवेदनका आधारमा थप कार्वाहीका लागि राष्ट्र बैंकले सीआईबीमा पत्र पठाएसँगै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ‘इलाका प्रहरी कार्यालय दमकले पक्राउ पूर्जी जारी गरिसकेको छ जसमा बैंकका उच्च तहका कर्मचारीको पनि नाम छ ।
बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीको नाममा प्रवाह भएको झण्डै ३५ करोड रुपैयाँ अपचलन गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यसरी प्रवाह हुने अधिकांश ऋण बिनाधितोको समेत छ । सोही प्रकरणमा प्रहरीले मुक्तिनाथ विकास बैंकका दमक शाखा प्रबन्धक जीवन भण्डारीलाई समेत पक्राउ गरेको छ । उनी यसअघि कामना सेवा विकास बैंकमा कार्यरत थिए । बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई र शाखा प्रमुख सञ्जिव निरौलालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रवाह गरेको झण्डै ३५ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्षसहित छानविन गरी कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदनसहित सीआईबीमा पत्राचार गरेपछि त्यसबारे प्रहरीले लामो समयदेखि अनुसन्धान सुरु गरेको थियो ।
सीआईबी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको परेको समेत भेटिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋणहरु आफैं तलाएको देखिन्छ,’ स्रोतले भन्यो, ‘कतिपय कर्जाका फाइलहरु सीईओकहाँ पनि पुगेका छन् । बैंक उच्च व्यवस्थापनले सतर्कता नअपनाएको देखिन्छ ।’
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी हुनेहरुमा बैंकका सीईओ प्रवीण बस्नेत, डेपुटी सीईओ हरिप्रसाद लम्साल, प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई र शाखा प्रमुख सञ्जिव निरौला लगायत छन् ।
(नोटः कामना सेवा विकास बैंक भित्र भएको करोडौं घोटाला काण्डमा हिजो प्रकाशित यस समाचारमा आफूहरुको नाम र फोटो संलग्न भएको भन्दै बैंकका कम्पनी सचिव लिगल हेड डण्डपाणी भट्टराई, चीफ बिजनेश अफिसर एवं तथा बिजनेश लोन प्रमुख रघुनाथ त्रिपाठी, जोखिम व्यवस्थापन प्रमुख विकास अधिकारी र अपरेशन प्रमुख राहुल गुप्ताले आपत्ति जनाउनु भएको छ । अनुसन्धानमा संलग्न प्रहरी स्रोतको हवाला दिएर प्रकाशित उक्त समाचार गलत रहेको र आफूहरुको कुनै संलग्नता नरहेको उहाँहरुको दावी छ । अतः हिजो प्रकाशित समाचारको व्यानरमा रहेको फोटो हाललाई हटाइएको छ, उहाँहरुमा पर्न गएको असुविधाका लागि नेपालबहस क्षमापार्थी छ । सम्पादक)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस
बैशाख २८, २०८१ शुक्रबार
कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा
बैशाख २८, २०८१ शुक्रबार
कोशी र गण्डकी सरकार गठनविरुद्ध दायर छुट्टाछुट्टै रिटमाथि आज सुनुवाइ
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वाेच्चको आदेश, जेठ ८ गते अन्तिम सुनुवाइ हुने
बैशाख २८, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार