बजार र सेवा विस्तार गर्न डिजी पे प्रालि र द नेपाल टपबीच सम्झौता
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार २२:४४:३४
१२ माघ, काठमाडाैं । डिजी पे प्रालि र द नेपाल टपबीच सम्झौता भएको छ। डिजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउने गरि यी दुवैबीच नौलो र विशेष सहकार्यका लागी सम्झौता भएकाे हाे ।
डिजी पेले आफ्नो बजार र सेवा विस्तार गर्ने योजनाअन्तर्गत बबरमहलस्थित राष्ट्रिय दैनिक द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको हो। सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजनाअन्तर्गत डिजी पेमा आबद्ध हुने व्यावसायी तथा घरदैलोका ग्राहकले द नेपाल टपको सौजन्य झन्डै ५० हजार पर्ने ६० सीसी रंगिन विज्ञापन मात्र १५ हजारमा, १ हजार पाँच सय पर्ने वार्षिक ग्राहक मात्र एक हजारमा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेलले विज्ञापन कुनै पनि व्यवसायीका लागि आफ्नो बजार विस्तार गर्ने एक महत्वपूर्ण अंग भएको बताए। उनका अनुसार अझै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो विज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ।
सहकार्यअनुसार डिजी पेसँग आबद्ध सम्पूर्ण व्यवसायीका लागि मात्र योजना लागू गरिएको उनको भनाइ छ। व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियानमार्फत आफ्नो विज्ञापन झन धेरै जनमानससम्म पुग्न सक्नेछ।
उनले यस्तो नौलो र विशेष सहकार्यमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन्। उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए।
त्यस्तै डिजी पे का अध्यक्ष दिवाकरबहादुर पाण्डेले द नेपाल टप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरी आफ्ना व्यवसायी, घरदैलो र ग्राहकलाई विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए।
उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यसअन्तर्गत सञ्चार क्षेत्रबाट राष्ट्रिय दैनिकलाई पनि आबद्ध गर्नु ठूलो उपलब्धि हो।
त्यसैगरी अरू पनि विभिन्न संस्थाहरूसँग पनि सहकार्य गरि आफूसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुविधा दिने योजना रहेको बताए। हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पेका सदस्यहरूको उपस्थित थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
गुरुङको अन्त्येष्टि परेकाले कांग्रेस संसदीय दलको बैठक सारियो
बैशाख २७, २०८१ बिहिबार
पर्वतका ९१ साना उद्योग बन्द
बैशाख २७, २०८१ बिहिबार
नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख २७, २०८१ बिहिबार
बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी
बैशाख २७, २०८१ बिहिबार