शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २१:४०:११
२१ चैत, काठमाडौं । साताको तेश्रोे कारोबार दिन मंगलबार शेयरबजारमा ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ। यसअघि सोमबारको कारोबारमा नेप्से परिसूचक १६.६७ अंकले घटेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा ८६ कम्पनीमा वृद्धि भएको छ । ११६ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ३६ लाख भन्दाबढीको कारोबार गरेको छ ।
एनआइसि एशिया बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले ३ करोड २८ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको हो । मंगलबार १३ उपसुचक मध्ये ७ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनी राताम्मै भएको छ ।
मंगलबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको शेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरि सानिमा ग्रोथ फण्डको ८।९३ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको ७.७३ प्रतिशत र न्यादि हाइड्रो पावरको ६।८४ प्रतिशतले शेयर कारोबार बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
अबदेखि विद्यार्थीले स्वयंसेवक शिक्षक बन्न पाउने
चैत २१, २०७९ मंगलबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङ २८५३ मतले अगाडि, रुख र मुढाबीच टक्कर
बैशाख १७, २०८१ सोमबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
६ सय परिवारका लागि लिफ्ट आयोजना
बैशाख १७, २०८१ सोमबार
नेपालगञ्ज रङ्गशाला सुनसान
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
बझाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, दमनभन्दा अभिषेक २५९ मतले अगाडि
बैशाख १७, २०८१ सोमबार