अबदेखि विद्यार्थीले स्वयंसेवक शिक्षक बन्न पाउने
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २०:५:५५
२१ चैत, काठमाडौं । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले स्वयंसेवक शिक्षक बन्न पाउने भएका छन् ।
विश्वविद्यालय अनुदान आयोगले सोमबार स्वयंसेवा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका र कार्यविधि पास गरेपछि उनीहरुले यस्तो सुविधा पाउने भएका हुन् ।
सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभावले सिकाइमा गम्भीर असर परेपछि सरकारले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकको रुपमा पठाउने तयारी गरेको हो । निर्देशिकाअनुसार स्वयंसेवक शिक्षक स्वेच्छिक हुने र उनीहरुले जुनसुकै क्षेत्रमा पनि काम गर्न पाउनेछन् । उनीहरुलाई ३ महिनाको निर्वाह भत्ता दिइनेछ । स्वयंसेवाको अवधि ३ महिनाको हुनेछ । त्यसभन्दा बढी समय सेवा गर्न चाहनेलाई रोकटोक नलाग्ने उल्लेख छ ।
स्वयंसेवक शिक्षकको रुपमा खटिने उच्च शिक्षाका विद्यार्थीहरुले तीन हजारदेखि पाँच हजार रुपैयाँ यातायात खर्च र ३० हजारदेखि ३२ हजार रुपैयाँसम्म निर्वाह भत्ता पाउनेछन् ।
ए ग्रेडमा पास भएकाले ३० र बी ग्रेडमा पास भएकाले २५ अंक पाउनेछ । योग्यता, हाजिरी र जान चाहेको क्षेत्रको आधारमा सबैभन्दा बढी अंक पाउने विद्यार्थी स्वयंसेवकको रुपमा छनोट हुनेछ । स्वयंसेवक शिक्षक विश्वविद्यालयले छनोट गर्ने र नियुक्ति पत्र पनि विश्वविद्यालयले नै दिनेछ ।
यस्तै कार्यविधिअन्ुसार विश्वविद्यालयले विद्यार्थीको योग्यता, हाजिरी र जान चाहेको क्षेत्रको आधारमा अंक दिन्छ । एक सय पूर्णांकमा जसले बढी अंक पाउँछ उसैलाई स्वयंसेवकको रुपमा छनोट गर्नेछ । दुर्गम क्षेत्रमा जान चाहने विद्यार्थीले बढी अंक पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
पहिलाकै स्वरुपमा ल्याइँदै पुरैना ताल
बैशाख १७, २०८१ सोमबार
इलाममा एमालेका सुहाङलाई ६४३९ मतको अग्रता
बैशाख १७, २०८१ सोमबार
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग
बैशाख १७, २०८१ सोमबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
बैशाख १७, २०८१ सोमबार
इलामा–२ मा ४१ हजार बढी मत गनियो, एमालेका सुहाङ ५ हजार ६७१ मतले अघि
बैशाख १७, २०८१ सोमबार