गोपनियतालाई ध्यान दिने फेसबुकका संस्थापक जुकरवर्गको प्रतिवद्धता
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार १७:३:१३
काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरवर्गले सामाजिक संञ्जाल फेसबुकको गोपनियतामा उच्च ध्यान दिने बताएका छन् ।
उनले फेसबुकलाई सार्वजनिकबाट गोपनियता केन्द्रीत थलो बनाउन चाहेको उल्लेख गरेका छन् । फेसबुकले प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग गरेको भन्दै थुप्रै प्रकरणको सामना गर्नु परेपछि उनले एक ब्लग लेख्दै यस्तो प्रतिबद्धता जनाएका हुन ।
प्रयोगकर्ताहरुको विवरण लामो समयसम्म नराखिने पनि जुकरवर्गले स्पस्ट पारेका छन् । उनले फेसबुक र इन्टाग्रामले मानिसहरुलाई आफ्ना प्रियजन, साथी र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहन सहयोग गरेको भन्दै यसको प्रयोग गर्दा खोजिएको गोपनियताको चाहनालाई पनि आफूहरुले पूरा गर्ने प्रयासमा रहेको बताएका छन् ।
जुकरवर्गले स्पष्ट समयसीमा नखुलाइकनै आगामी केही वर्षमा त्यस्तो परिवर्तन देखिने उल्लेख गरेका छन् । सन् २०१८ मा फेसबुकले झण्डै ५ करोड प्रयोगकर्ताका परिष्कृत विवरणहरु एक राजनीतिक परामर्शदाता कम्पनीलाई बेचेको थाहा भएसँगै यो कम्पनी विवादमा तानिएको थियो ।
फेसबुकका सन्देश सेवाहरु म्यासेन्जर र ह्वाट्सएप धेरै प्रयोगकर्ता हुनेमध्येका हुन् । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार