उद्योग डुबाएर राजीनामा दिए उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी कृष्ण न्यौपानेले
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १८:७:३५
२४ जेठ, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपी कृष्ण न्यौपानेले पदबाट राजीनामा दिएका छन् । देशकै महत्वपूर्ण उद्योग उदयपुर सिमेन्ट उद्योगलाई आर्थिक रुपमा टाट पल्ट्याएर उनले महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् । उनले उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसमक्ष राजीनामा दिएको बताइएको छ । उनलाई उद्योगको महाप्रबन्धकबाट बर्खास्त गराउनुपर्ने माग राख्दै उद्योगका कर्मचारी र स्थानीय लामो समयदेखि आन्दोलनमा थिए ।
महाप्रबन्धक न्यौपानेलाई उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकबाट हटाएर नयाँ महाप्रबन्धक नियुक्ति गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरू केही दिनदेखि काठमाडौंमा आएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग बाणिज्य मन्त्रालयमा धर्ना दिँदै आएका थिए । बुधबार मात्र उनीहरूले महाप्रबन्धक न्यौपानेले पदबाट राजीनामा दिएको खबर पाएका हुन् ।
न्याैपानेले उद्योगमा अधिक भ्रष्टाचार गरेको र भ्रष्टाचारकै कारण उद्योग चल्नै नसक्ने अवस्थामा पुगेपछि उनको राजीनामा माग गर्दै कर्मचारीहरू काठमाडौं आएका थिए । उद्योग बन्द भएको महिनौं भइसक्दा पनि कसैले चासो नदिएको हुँदा बाध्य भएर प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयमा धर्ना दिएका कर्मचारीहरूले आज उद्योग मन्त्री रमेश रिजालसँग भेट गरेका थिए । भेटका क्रममा मन्त्री रिजालले उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक न्यापानेले पदबाट राजीनामा दिएको जानकारी दिएका थिए ।
महाप्रबन्धक न्यौपानेले करिब २५ सय कर्मचारी एवं परिवारलाई बिचल्ली पार्दै बिद्युत् प्राधिकरणको सूत्र प्रयोग गर्दै बिद्युत् लाइन काट्न लगाएर काठमाडौं टाप कसेका थिए । बत्ती पानी जस्ता अत्यावस्यक सेवाबाट समेत वञ्चित गरी कर्मचारी र तिनका परिवार माथि अपराध गरेको तथा उद्योगलाई सधैंका लागि बन्द गराउने धन्दामा लागेपछि मन्त्रालयले हस्तक्षेप गर्नु परेको थियो । मन्त्रालयले उर्जा मन्त्रालयलाई पत्र लेख्दै बिद्युत् जडान गरिएको थियो ।
न्यौपानेले उद्योगमा गरेको भ्रष्टाचारबारे प्रधानमन्त्री र मन्त्रीलाई जानकारी गराउन काठमाडौं आएको कर्मचारी टोलीका सदस्य भरोसी यादवले उद्योगबाट न्याैपानेलाई हटाउनुपर्ने प्रमुख माग भएको मन्त्रीलाई जानकारी गराउँदा मन्त्रीले आफूहरूलाई न्यौपानेले पदबाट राजीनामा दिएको भनेर जानकारी दिएको नेपालबहसलाई बताए । उनले भने, हामी उनलाई हटाउनुपर्ने मुख्य माग लिएर काठमाडौं आएका थियो, तर, मन्त्रीज्युले राजीनामा दिइसकेको दिनुभयो । राम्रै भयो ।’
टोलीले उद्योग मन्त्री रमेश रिजालपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम रहेको बताएका छन् । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकबाट न्यौपानेलाई हटाउनुपर्ने माग एक वर्ष अगाडिदेखि उठेको थियो । उनकै कारण देशकै पुरानो उदयपुर सिमेन्ट उद्योग यति बेला थलिएको छ । न्यौपानेले जिम्मेवारीमा रहँदा करोडौं आर्थिक अनियमितता गरेको कर्मचारी बताउँछन् । उनले यसअघि सक्ने भए अाफूलाई हटाएर देखाउन चुनौती दिँदै आएका थिए ।
न्याैपानेले जिम्मेवारी पाएपछि उद्योग पुरै भ्रष्टाचारले गाँजिएको यादवले बताए । न्याैपानेले विगत १ वर्षदेखि कोइराला अभाव देखाएर यसलाई पूर्ण रुपमा सञ्चालन गर्न रोकेका थिए । उद्योग सञ्चालक समितिले पनि न्यौपानेलाई राजीनामा दिएर बाटो खुल्ला गर्न सुझाव दिएको थियो । न्यौपानेलाई हटाउनुपर्ने माग राख्दै स्थानीयसमेत लामो समय उद्योगमा धर्ना दिँदै आएका थिए । अब न्यौपानेमाथि छानविन गरी भ्रष्टाचारको कारवाही चलाउनुपर्ने माग कर्मचारीको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
बैशाख २७, २०८१ बिहिबार
पर्वतका ९१ साना उद्योग बन्द
बैशाख २७, २०८१ बिहिबार
कतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मेयर चिरीबाबुले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा
बैशाख २७, २०८१ बिहिबार
लिङदेनको प्रश्न : प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार