सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
नेपालबहस संवाददाता
साउन २२, २०८० सोमबार १०:५५:३५
२१ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको बढुवामा राजनीतिक चलखेल सुरू भएको छ । सशस्त्र प्रहरीका एसपीहरू काम छाडेर गृहमन्त्रालयमा धाउन थालेका छन् । सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राजनीतिक व्यक्तिलाई भेटघाट गरेमा वा गृहमन्त्रालय जाँदा असम्बन्धित मन्त्रालय गएको भेटिएमा कारबाही गर्ने चेतावनी दिएको भएपनि आईजीपीको आँखा छलेर गृहमन्त्रालय र त्यसभन्दा बाहिर रहेका पँहुचवाला राजनीतिक व्यक्तिको घर घरमा एसपीहरू पुग्न थालेको स्रोतको दावी छ ।
बढुवा समितिले सिफारिस गर्ने तयारी गरिरहेका बेला स्वतः उम्मेदवारहरूले बढुवा हुनका लागि राजनीतिक लबिङमा लागेका छन् । केही व्यक्तिको राजनीतिक लबिङका कारण बढुवा प्रक्रिया धकेलिएको छ । सशस्त्रमा १२ वरिष्ठ उपरीक्षकका लागि १९ प्रहरी उपरीक्षकले आवेदन दिएका छन ।
सशस्त्र प्रहरी उपरीक्षकहरू राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनिया, ध्रुव कार्की ,रमेश पाण्डे, तीर्थराज पौडेल,रविनराज करन्जीत,विरसिंह साहु, जनक पुरी,नेत्र कार्की, सूर्य सेन ओली, तेजप्रसाद पोख्रेल, यादव विक, विकाश घिमिरे, टोपबहादुर खनाल,नरेन्द्र बम,अशोक बम,जहरसिंह बोहोरा र वीरेन्द्र ऐरले बढुवाका लागि आवेदन दिएका छन ।
यी बाहेक पछिल्लो टोलीका केहीले समेत आवदेन दिएपनि उनीहरूको बढुवा हुने सम्भावना न्यून रहेको छ । विगतमा आर्कषक स्थानमा बसेर चुस्त कमाएकाहरूलाई अप्ठेरो परेपछि उनीहरू गृहमन्त्रीका दाजु मानकाजी श्रेष्ठको शरणमा परेका छन् । त्यस्तै इन्टेलीजेन्स ब्यूरोमा रहेका विकास घिमिरे पनि शक्तिकेन्द्रको दौडमा छन् ।
सशस्त्रका केही विवादास्पद पृष्ठभूमि भएका एसपीहरूले बढुवा पाउनका लागि राजनीतिक लबिङ गरेका कारण राम्रा उम्मेदवारहरू बढुवा पाउनबाट बञ्चित हुने अवस्था आएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कार्यक्षमताका आधारमा बढुवा गर्ने मनस्थितिमा रहेका छन् । उनले राजनीतिक लविङमा गएका प्रहरी अधिकारीको सूचना पनि राखेको स्रोतले जनाएको छ ।
महानिरीक्षक अर्याल संगठनभित्र सुशासन कायम गर्न प्रयासरत छन । विवादरहित व्यक्तिलाई बढुवा दिने मनस्थितिमा रहेका छन । तर,विवादास्पद छविका एसपीहरू जनक पुरी, सूर्य सेन ओली, राजनीतिक लबिङ सुरू गरेपछि कार्यक्षमतामा अब्बल ठहरिएकाहरू बढुवाबाट बञ्चित हुने अवस्था आउन सक्ने बताइएको छ ।
सशस्त्र मुख्यालयले अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा केहीलाई कार्य क्षेत्रबाट फिर्ता बोलाइएको थियो । सूर्य सेन ओली प्रहरी नायव उपरीक्षक हुँदा जाउलाखेलमा ट्राफिक प्रहरीसँग झगडा गरेपछि थुनामा परेका थिए । महानिरीक्षक अर्यालले सरुवा र बढुवाका लागि राजनीतिक लबिङ नगर्न मातहतलाई निर्देशन दिएपनि केही एसपीहरूले बढुवा पाउनका लागि अस्वाभाविक चलखेल सुरू गरेकाले केही दिन बिराएर सबैको मूल्यांकन गरेर मात्रै बढुवा दिने आईजीपीको मनसाय रहेको स्रोतले जनाएको छ ।
एसएसपीको बढुवा लगत्तै डीएसपी र इन्स्पेक्टरको बढुवा हुनेछ । सशस्त्रमा केही समय अघि सशस्त्र प्रहरीमा साधारण समूहतर्फ १७५ नयाँ दरबन्दी थप भएको छ । यीमध्ये ७७ दरबन्दी प्राविधिक तर्फका खाली पदहरुमा समायोजनबाट साधारणतर्फ मिलान गरिएको हो भने ९८ नयाँ दरबन्दी थप भएको हो । योसँगै ३७ हजार ५५ दरबन्दी रहेको सशस्त्रको संख्या अब ३७ हजार १ सय ५३ भएको छ ।
तल्लो तहका केही पदहरु समायोजन गरेर केही कटौती गरी उनीहरूको सेवा सुविधा तथा तलवभत्ता बराबरको आर्थिक व्ययभारबाट माथिल्लो पदमा नयाँ दरबन्दी मिलान गरिएको छ । यसरी समायोजन र खाली हुने प्राविधिक तर्फको दरबन्दीबाट ७७ पद सिर्जना गरिएको हो भने बाँकी ९८ पद नयाँ थप भएका हुन ।
जसअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १२ वटा नयाँ दरबन्दी थप गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा ४३, सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मा ३१, सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ४२ र सिनियर सशस्त्र प्रहरी नायव निरीक्षक(वरिष्ठ सई) मा ४८ दरबन्दी थप गरिएको छ । जस अनुसार सबै पदमा बढुवा हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठिक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार
नख्खु करिडोरमा टिपर गुड्ँदा स्थानीयलाई सास्ती
बैशाख २७, २०८१ बिहिबार
बागमती प्रदेश सरकारद्वारा ३८ दशमलव ९२ प्रतिशत बजेट खर्च
बैशाख २७, २०८१ बिहिबार
गोरखा बजार क्षेत्रमा खानेपानीको चरम अभाव
बैशाख २७, २०८१ बिहिबार