तीन हप्तादेखि रिप र उनापानी गाउँ अन्धकारमा
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १४:२८:२८
६ भदौ, सिमकोट । गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्युतमा क्षति पुर्याउँदा हुम्लाको मध्यभेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत आपूर्ति बन्द हुँदा सर्केगार्ड गाउँपालिका–२को रिप र वडा नं ३को उनापानी गाउँका बासिन्दाले अहिले उज्यालोका लागि सल्लाको दियालोको भर पर्नुपरेको छ ।
पहिरोले क्षति पुर्याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीयवासी दियालो बाल्न बाध्य भएका हुन् । विद्युत हाउस नबन्दा तीन हप्तादेखि वडा नं ३ उनापानी गाउँलेले सल्लाको दियालो बाल्नुपरेको स्थानीयवासी महेश थापाले बताए । यसअघि तीन सय घरधुरीका लागि विद्युत आपूर्ति गर्दै आएको लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई गत साउन १२ गते आएको पहिरोले क्षति पुर्याएपछि त्यसयता गाउँमा अन्धकार छाएको उहाँको गुनासो थियो ।
विद्युत् आपूर्ति भइरहेका कारण सोलारको विकल्पसमेत नगरिएकाले हाल जङ्गलबाट सल्लाको झरो टिपेर दियालोको रुपमा बाल्नुपरिरहेको हो । पावर हाउसलाई यति धेरै समयसम्म मर्मत गर्न कसैको ध्यान जान नसकेको र अब कहिले मर्मत हुन्छ भन्ने यकिनसमेत नभएको स्थानीयवासी थापाको भनाइ थियो ।
दुई सय ५० घरधुरी रहेको वडा नं २ को रिप गाउँको समस्या पनि उस्तै छ । त्यहाँका बासिन्दा पनि सल्लाको झरो बालेर उज्यालोमा बस्न बाध्य छन् । उक्त गाउँका लागि विद्युत आपूर्ति गर्दै आएको रिपगाड लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई पनि असार १२ र १३ गते आएको बाढी तथा पहिरोले क्षति पुर्याएपछि विद्युत सेवा बन्द भएको स्थानीयवासी कालीबहादुर महताराले बताए ।
उज्यालोमा बस्न बानी परेका बासिन्दालाई अहिले पुनः पुरानै जमानामा फर्काएको उल्लेख गर्दै उनले विद्युत सेवा बन्द हुँदा साह्रै कठिन भएको गुनासो गरे । स्थानीयवासीले पहिरोले क्षति पुर्याएको २५ किलोवाटको लघुजलविद्युत् आयोजना मर्मतका लागि वडा र गाउँपालिकामा माग गर्दा कुनै सुनुवाइ हुन नसकेको दुखेसो गरे ।
वडा नं ३ का वडाध्यक्ष अकिल कार्कीले धेरै ठूलो क्षति भएका कारण तत्काल मर्मत गर्न कठिन भएको र क्षतिको विवरणसहित पावर हाउस तथा नहर मर्मतका लागि मुचुल्का सरोकारवाला निकायमा पेस गर्ने कार्य भए पनि हालसम्म मर्मत गर्ने निकाय नभेटिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
बैशाख १६, २०८१ आइतबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार