इन्जिनियरिङको स्नातक तहको शुल्क पुरानै कायम
नेपालबहस संवाददाता
असोज १६, २०८० मंगलबार १४:५९:२८
१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०÷२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ ।
बी.ई÷बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्ना गरिने संस्थानले सोमबार जारी गरेको सूचनामा उल्लेख गरेको छ । अब विद्यार्थीहरुले यस वर्ष पूर्ण शुल्कतर्फ त्रिविको आंगिक क्याम्पसमा ३ लाख १८ हजार रुपैयाँमा नै इन्जिनियरिङ पढ्न पाउनेछन् ।
त्यसका लागि प्रवेश परीक्षाको फारम भर्ने समय असोज १७, १८ र १९ गते पनि तोकिएको छ । यसअघि फारम भरेकाहरुले भने फेरि फारम भर्नुपर्ने छैन । संस्थान अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस गरी पाँच आंगिक क्याम्पस र विभिन्न सम्बन्धन प्राप्त कलेजमा इन्जिनियरिङ पढाइ हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
पर्यटकको आश्रयका लागि बनाइएका टेन्ट
बैशाख २३, २०८१ आइतबार
फ्रान्सेली नागरिकसहित दुई नेपालीले गरे दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
बैशाख २३, २०८१ आइतबार
आगालागीबाट ललितपुर र भक्तपुरमा ७ जना घाइते, पौने २ करोडको क्षति
बैशाख २३, २०८१ आइतबार
धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुल निर्माण प्रभावित
बैशाख २३, २०८१ आइतबार
घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि...
बैशाख २३, २०८१ आइतबार