दुवै प्रहरीको चाडबाड लक्षित अनुसन्धान टोली तैनाथ
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १२:५४:४७
२७ असोज, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले चाडपर्व सुरक्षा तथा यात्रु आवागमन व्यवस्थापन गर्न देशभर ७ सय ५० स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी जोखियुक्त क्षेत्रमा अनुसन्धान टोली खटाएको छ । दसैं, तिहार, नेपाल संवत् तथा छठपर्व सुरक्षार्थ सवारी आवागमन र सुरक्षा रणनीति अन्तर्गत नेपाल प्रहरीले करिब ६ सय र सशस्त्र प्रहरीले १ सय ५५ स्थानमा सहायता कक्ष स्थापना गरेको जनाएका छन् ।
प्रहरी र सशस्त्रका सहायता कक्ष छठसम्म कायम रहने जनाइएको छ । प्रहरीले देशभित्रका मुख्य सहर र भीडभाड हुने स्थानमा सहायता कक्षलाई केन्द्रित गरेको छ । सशस्त्रले सीमा क्षेत्रबाट हुने आवागमन व्यवस्थापनमा जोड दिएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले उपत्यका र सात वटा प्रदेशमा जनपद प्रहरीका २ सय ७६ स्थान, ट्राफिक प्रहरीका २ सय ५८ र जनपद प्रहरीकै ५० ठाउँमा सीमा आवागमन तथा सुरक्षार्थ डेस्क स्थापना गरिएको जानकार दिएका छन् ।
उपत्यकाका तीन जिल्लामा मात्रै १४ ठाउँमा ट्राफिक प्रहरीका यात्रु सहायता कक्ष र जनपदका ३१ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी आवागमन र भीडभाड काठमाडौंमा हुने गर्छ । सहायता कक्षबाहेक काठमाडौंमा नियमित र अरू छड्के टोलीलाई नियमितबाहेक पर्व सुरक्षामा समेत काम गर्न निर्देशन दिइएको छ ।
प्रहरीले चाडपर्वका समयमा अरू बेलाभन्दा बढी भीडभाड, आवागमन र आर्थिक कारोबार हुने भएकाले सुरक्षा व्यवस्थापन पनि त्यही अनुसार गरिएको जनाएको छ । उपत्यकामै बस्नेसम्मका नागरिकलाई ढुक्कले बस्ने वातावरण बनाउन त्यहीअनुसारको प्रबन्ध मिलाएको प्रहरीको भनाइ छ । यो पटक प्रहरीले सीमा क्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रण गर्न कुकुरसहितको संयन्त्र पनि तैनाथ गराएको छ ।
सीमामा स्थापना भएका डेस्कमा हातहतियार तथा विस्फोटक पदार्थ र लागूपदार्थ ओसारपसार नियन्त्रण गर्न कुकुरसहितको अनुसन्धान संयन्त्र तैनाथ गराइएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । यसैगरी सशस्त्र प्रहरीले देशभर १ सय ५६ स्थानमा डेस्क स्थापना गरेकोमा त्यसमध्ये ३३ ठाउँमा स्वास्थ्य परीक्षणसहितको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र सीमा सुरक्षार्थ अग्रभागमा खटिने सुरक्षा संयन्त्र पनि हो । भारतसँग १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमी लम्बाइमा सीमा कायम भएकोमा भारततर्फ खुला सिमाना छ । चाडपर्वका बेला विगतमा भारतबाट घर फर्कने नागरिक सिमानामा लुटिने, कुटिने तथा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहारमा पर्ने गरेका थिए । यो पटक त्यस्ता घटना दोहोरिन नदिन भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरेर सुरक्षा र आवागमन व्यवस्थापन मिलाइने दुवै प्रहरी संगठनले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
एडीबीको बोर्ड बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन अपिल
बैशाख २४, २०८१ सोमबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार
नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज
बैशाख २४, २०८१ सोमबार
खडेरीले सुक्न थाल्यो मकै, वर्षा गराउन किसानले गरे भ्यागुताको विहे
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार