तोरी खेतीप्रति किसानको आकर्षण बढ्दो
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार १६:३०:४१
६ पुस, बेलबारी । मोरङमा तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा पाँच हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्दले जनाएको छ ।
जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए ।
जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको छ । यस वर्ष कानेपोखरीमा तीन हजार छ सय हेक्टरमा जमिनमा तोरी लगाइएको ।
त्यसैगरी बेलबारी नगरपालिकामा दुई हजार पाँच सय, पथरशनिश्चरे नगरपालिकामा दुई हजार पाँच सय, सुन्दरहरैचा नगरपालिकामा एक हजार आठ सय, रङ्गेली नगरपालिमा छ सय, रतुवामाई नगरपालिकामा चार सय, लेटाङ नगरपालिकामा तीन सय, उर्लाबारी नगरपालिकामा आठ सय ७७, सुनवर्सी नगरपालिकामा तीन सय, विराटनगर महानगरपालिकामा ४०, बूढीगङ्गा गाउँपालिकामा एक हजार पाँच सय, कटहरी गाउँपालिकामा चार सय ६६, धनपाल गाउँपालिकामा दुई सय ३३, जहदा गाउँपालिकामा आठ, मिक्लाजुङ गाउँपालिकामा दुई सय ५०, केराबारी गाउँपालिकामा एक हजार, ग्रामथान गाउँपालिकामा एक सय हेक्टर जमिनमा तोरी लगाइएको उक्त केन्द्रले जनाएको छ ।
यस वर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्नसक्ने प्रमुख सिंहले बताए । “पर्याप्त सिँचाइ सुविधा हुने हो भने गत वर्षभन्दा यस वर्ष उत्पादन बढ्ने थियो”, बेलबारी ९ का किसान नरबहादुर कटुवालले भने। नेपालमा लगाइने बालीमध्ये छैटौँ बालीको रूपमा तोरी बालीलाई लिइने गरिन्छ । उत्पादन र क्षेत्रफलको हिसाबले यो छैटौँ बाली हो । धान, मकै, गहुँ, कोदो, कोसेबालीपछि तोरीलाई लिने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार