दार्चुलाका किसान ओखर खेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १६:५८:४१
१७ पुस, दार्चुला । दार्चुला ओखरखेतीका लागि परिचित छ । ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् । विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन् । बुवा र बाजेले लगाएका पाँच दस बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र ठूलो गरेर एक सय ७५ ओखरका बोट छन् ।
हाल उनको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्ना समेत बिक्री हुँदै आएको छ । धमीले भने,“बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए । बेर्ना बनाएर बोट उमार्न निकै कठिन हुने उनको भनाइ थियो । धामीले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर, डडेलधुराको स्याउलेदेखि धनगढी महेन्द्रनगरसम्म निर्यात गर्दै आएको छ । यहाँ उत्पादन भएका र गाउँघरबाट पनि उत्पादित ओखर सङ्कलन गरेर पनि बजारसम्म पुर्याउने काम पनि गर्दै आएका धामीले आफ्नो मात्रै ओखर बेचेर वार्षिक रु दुई लाखसम्म आम्दानी हुनेगरेको बताए ।
ओखर खेतीले पछिल्लो समय राम्रो बजार लिइरहे पनि स्थानीय सरकारले यसका लागि कुनैपनि पहल नगरेको अर्का किसान शिवसिंह धामीले बताए । उक्त वडामा मात्र बर्सेनि रु २५लाखदेखि ३० लाखभन्दा माथिको ओखर बाहिर निर्यात हुने गरेको छ भने मालिकार्जुन गाउँपालिकाको केही भू–भागमा पनि ओखर निक्कै फल्ने गर्दछ ।
सरकारले ओखरखेतीमा केही सहयोग गरे आफूहरू झन आकर्षित हुने सम्बद्ध किसानको भनाइ थियो । सरकारले विसं २०७८ देखि दार्चुलालाई ओखर पकेटक्षेत्रका रुपमासमेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका हुन् । ओखरको बेर्ना सार्न माघ महिनामा उत्तम हुने कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत शिशिर आचार्यले बताए ।
दार्चुलामा एक सय ७५ हेक्टर जमिनमा ओखरखेती गरिए पनि हाल एक सय ५० हेक्टर जमिनमा उत्पादन भइरहेको उनको भनाइ थियो। यस वर्षमा जिल्लामा एक हजार पाँच सय ५५ मेट्रिकटन ओखर उत्पादन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार
रासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार