मेयरको निर्णयमाथि उपमेयरको चुनौती, विवाद अदालत पुग्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १३:३४:२
४ माघ, स्याङजा । वालिङ नगरपालिकाको १५ औं नगर सभाद्वारा भर्खर संशोधित स्थानीय शिक्षा (दोस्रो संशोधन) ऐनको विवाद अदालतमा पुगेको छ । उच्च अदालत पोखरा र जिल्ला अदालत स्याङजामा रिट निवेदन (उत्प्रेषण परमादेश) परेको हो । उच्च अदालत र जिल्ला अदालतमा नगर प्रमुख कृष्ण खाँणलाई विपक्षी बनाएर रिट निवेदन परेको छ ।
स्थानीय शिक्षा (दोस्रो संशोधन) ऐन, २०८० लाई गत पुस २८ सम्पन्न नगरसभाका दुई तिहाइ बहुमतले पारित गरेका थिए । संशोधित ऐन राजपत्रमा प्रकाशित सेकेन्डको छ ।
संशोधित ऐनबारे नगरपालिकाका उपप्रमुख कविता तिवारीले विरोध जनाउँदै आएकी छन् । उनीसहित १५ जनाले नगरसभा बहिष्कार गरेको थियो । ऐनलाई कार्यान्वय नगर्न/नगराउनका लागि उपप्रमुख तिवारी प्रत्यक्ष र परोक्ष रुपमा उनी लागेकी छन् ।
उपप्रमुखकै आदेशमा कार्यपालिका सदस्य भक्त बहादुर गोतामेले उच्च अदालत पोखरामा रिट दर्ता गरेको पाइएको छ । यस्तै नगर शिक्षा समितिका सदस्यहरू जीवलाल काफ्ले, भुपराज बगाले र यमकान्त खनालले जिल्ला अदालतमा रिट निवेदन हालेका छन् । उनीहरूले गत शुक्रबार रिट निवेदन हालेका हुन् ।
संशोधित विधेयक अनुसार नगरपालिकाद्वारा वालिङ भित्रका सबै सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन मिति तोकिएको छ । वर्तमान व्यवस्थापन समितिको कार्यअवधि आगामी माघ ९ गते सकिने भन्दै १० गतेका लागि व्यवस्थापन समिति गठन वालिङ नगरपालिकाले आव्हान गरिएको छ ।
भर्खरै संशोधित ऐनको उपदफा १ को ‘ग’मा विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधिहरू मध्येबाट माध्यमिक तहमा वडा अध्यक्ष र आधारभूत विद्यालयमा वडा कार्यसमितिले तोकेको जनप्रतिनिधि व्यवस्थापन समितिको अध्यक्ष रहने उल्लेख गरिएको छ । तर काबु बाहिरको परिस्थिति उत्पन्न भई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिक्त हुन आएमा नगरप्रमुखको परामर्शमा वडा कार्यसमितिले तोकेको जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनेछ ।
त्यसै गरी उपदफा २ मा माध्यमिक तह वा उपल्लो तह लागि विद्यालय व्यवस्थापन समितिमा रहन एस.एल.सी वा सो सरहको योग्यता हुनुपर्नेछ । तर, निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको हकमा यो दफा लागु हुनेछैन ऐनमा उल्लेख गरिएको छ ।
यता संघीय सरकारले सामुदायिक र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित विद्यालयको गठन, काम, कर्तव्य र अधिकारबारे अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दूईजना महिलाहरूसहित चार जना सदस्य, विद्यालय रहेको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समिति सदस्यहरु मध्येबाट सो वडा समितिले मनोनयन गरेका सदस्य, र विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर सहयोग गर्ने वा १० दश लाख भन्दा बढी नगद वा जिन्सी सहयोगलाई व्यवस्थापन सदस्य बन्न सक्ने उल्लेख गरिएको छ ।
विद्यालयका शिक्षकहरूबाट छानी पठाएको मध्येबाट एक जना र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने गरी व्यवस्थापन समिति गठन गर्न सकिने उल्लेख गरिएको छ ।
नगर प्रमुख कृष्ण खाँणले जिल्ला अदालत र उच्च अदालत पोखरामा रेट निवेदन परेको बारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘औपचारिक रुपमा पत्र, ‘इमेल’, फोन केही आएको छैन ।’ स्थानीय सरकार स्वायत्त संगठन भएकाले सरकार सञ्चालनका लागि आवश्यक ऐन नियम र कार्यविधि आफै तयार गरेको जिकिर गरे । आफूले सधैं अदालतलाई सम्मान गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जाँदै कांग्रेस
बैशाख २३, २०८१ आइतबार
राष्ट्रपति पौडेलसँग जापानी विदेशमन्त्री खामिखावाको शिष्टाचार भेट
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार