विदेश जाने जनशक्तिलाई दक्ष बनाएर पठाउः अध्यक्ष ढकाल
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १४:४६:१३
२५ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेश जाने कामदारलाई पनि दक्ष बनाएर पठाउने सके अझै राम्रो रेमिट्यान्स आउने बताएका छन् । उनले अदक्ष कामदार मात्रै वैदेशिक रोजगारमा जानु पर्छ भन्ने भाष्य गलत भएको बताए । वैदेशिक रोजगारीमा पठाउनै पर्ने भएमा दक्ष जनशक्ति पठाउन सकेको खण्डमा अहिलेको तुलनामाभन्दा धेरै ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउन सकिने उनको भनाइ छ ।
कान्तिपुर मिडियाले बिहीबार काठमाडौंमा आयोजना गरेको ’इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको पहिलो सत्र ’आन्तरिक रोजगारी दशकः सफल पार्न सकस’ मा अध्यक्ष ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले औद्योगिक र व्यावसायिक गतिविधिलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा व्यवसायीप्रति गरिने टिप्पणीले कहिलेकाहीँ आफूलाई नेपालमा ’व्यापार व्यवसाय बढ्नु बढाउन अभिशाप हो कि !’ जस्तो लाग्ने गरेको पनि उनले बताएका छन् । खाडी मुलुक अदक्ष मात्र नभई दक्ष कामदारको पनि गन्तव्य बन्दै गएको उनको भनाइ छ ।
‘वैदेशिक रोजगार भनेको अदक्ष कामदारको लागि मात्र रहेको भाष्य बनेको छ, त्यस्तो होइन,’ उनले भने, ‘अमेरिकाको मान्छे पनि कतारमा काम गर्छ । अमेरिकामा भन्दा राम्रो तलब कतारमा हुन्छ । अवसर लिनका लागि विकसित देशबाट विकासोन्मुख देशमा पनि गएको छ ।’ दक्ष जनशक्ति उत्पादन गर्न स्वदेशमै तालिम दिने संघसंस्था खोल्नु पर्ने उनको भनाइ छ । स्वदेशी उद्योगमा दक्ष कामदारको अभाव भइरहँदा अर्कोतिर बेरोजगारी भएकै कारण वैदेशिक रोजगारमा समेत जान बाध्य भइरहेको उनको भनाइ छ ।
‘आगामी दिनमा थप धेरै रोजगारी दिनको लागि निजी क्षेत्रका उद्योग व्यवसायलाई प्रवर्धन गर्नुपर्ने हुन्छ, तबमात्र रोजगारीको सिर्जना हुन्छ,’ उनले भने, ‘यसो भनिरहँदा निजी क्षेत्रबाट जति पनि रोजगारी सिर्जना भइरहेको छ । वास्तवमा दक्ष जनशक्ति नभएको कारण एकातिर बेरोजगारी भएका कारण विदेश जान बाध्य र अर्कोतिर दक्ष जनशक्ति छिमेकी मुलकबाट आएर काम गर्नुपर्ने अवस्था छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
अर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत, अर्थतन्त्रको आकार ५७ खर्ब
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार