‘घर ज्वाईं’ बसे दयाहाङ राई
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १६:१३:१०
५ फागुन, काठमाडौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो ।
अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम,तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,भोला सापकोटा,राज थापा काउचा,कविता आले,शिला आले,अनु थापा,बिना मगर,खडुगबहादुर पुन (खबपु) सोनाम लामा,बिवेश बुढा,सुनील मगरलगायतले अभिनय गर्नेछन् ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् ।
सुसन प्रजापतिको छायांकन,हर्क साउद र मनोज थापाको शब्द,संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तराष्ट्रिय बितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको बितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् । असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार
बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत
बैशाख १७, २०८१ सोमबार
इलामः एमाले १४,६१३, कांग्रेस ९,३११, स्वतन्त्र ८,५७० मत
बैशाख १७, २०८१ सोमबार