रन्जित बिक्रम शाहसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १०:४:३
•दीपक शर्मा
२३ फागुन, बर्दिया । लघुवित्तका कर्मचारीलाई अभद्र व्यवहार गरी कालोमोसो दलेको आरोपमा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष रन्जित बिक्रम शाहसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । साथै प्रहरीले अभद्र व्यवहार गरेको र कालोमोसो दलेको आरोपमा यामकुमारी मल्ल, राजेश कुर्मी अधिकारी र देवि बन्सिमगरलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेकालाई विना सर्त रिहा गर्न माग गर्दै मंगलवार जिल्ला प्रशासन कार्यालय बर्दियामा धर्ना दिइएको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका सूचना तथा संचार विभाग तथा भेरी अञ्चलका प्रवक्ता ऋषि राज पन्तले बताए । लघुवित्तका कर्मचारीहरू माथि अभद्र व्यवहार गर्ने र कालोमोसो दल्ने कार्यमा प्रहरीले पक्राउ गरेका व्यक्तिको भूमिका नरहेको उनको भनाइ छ ।
यसैगरी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले मंगलबार जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा फागुन २० गते केही लघुवित्तिय संस्थाका कर्मचारीहरूलाई कालोमोसो दलेको आरोपमा आफ्ना निर्दोष नागरिक बचाउ अभियानका अगुवाहरुलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल विना सर्त रिहा गर्न माग गरिएको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका बर्दिया जिल्ला सचिव गोपाल शाहीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई कार्यालय भित्र बोलाएर जिल्ला प्रशासन कार्यालय र प्रहरीले केरकार गरेको मधुवन नगर अध्यक्ष रितु टमाटाले बताइन् ।
बर्दियाको गुलरियामा रहेका लघुवित्त मध्ये ३ वटा लघुवित्तमा रहेका कर्मचारीलाई फागुन २० गते कालोमोसो दलिएको थियो । शाहलाई गत २१ गते पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
बैशाख १७, २०८१ सोमबार
बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत
बैशाख १७, २०८१ सोमबार
बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार