आठ डीएसपीलाई १० महिनादेखि एसपी बढुवामा अन्याय
नेपालबहस संवाददाता
चैत ९, २०८० शुक्रबार १३:४२:१९
९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० महिनादेखि आठ डीएसपीको एसपीमा बढुवा रोकेर डीएसपीको सरुवा गरेको छ । डीएसपीबाट एसपीका लागि आठ पद रिक्त रहेको १० महिना पुगिसक्दा पनि सरकारी भागवण्डा मिलाउन नसकेर बढुवा हुन सकेको छैन । एसपी बढुवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पीएसओले भाँजो हाल्दा बढुवामा सकस परेको हो ।
तर यस्तो अवस्थामा प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेर एसपीको बढुवालाई अझ पछाडि धकेलेको छ । प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ । प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विभागले बढुवाका लागि पटक पटक गृहमन्त्रालयसँग सहमति लिएर पनि रोकिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले नयाँ गृहमन्त्रीसँग ६ महिनादेखि रोकिएको डीएसपीको बढुवा र सरुवा गर्ने विषयमा छलफल गरेका थिए । केही दिनयता उनीहरूबीच सरुवा बढुवा खुलाउने विषयमा लगातार छलफल भएको थियो । प्रहरी महानिरीक्षकको ब्रिफिङ पछि केही दिनभित्रै सरुवा–बढुवा गर्न अनुमति पाएका भएपनि के मा रोकिएको भन्ने बारेमा केही सार्वजनिक भएको छैन । प्रहरीमा महिनौंदेखि एसपीका आठ पद रिक्त छन् । जसमा १४ जना प्रतिस्पर्धी हुँदा नेताका पीएसओलाई बढुवा गर्ने विवादले निर्णय हुन सकेको थिएन । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री प्रचण्डका पीएसओलाई बढुवा गर्न खोज्दा रोकिएको थियो । जसले गर्दा अन्य आकांक्षीहरुमाथि अन्याय भएको छ ।
गत साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश पाएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भएको छ । त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो ।
नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । ८ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा छन् । एसपीको प्रतिस्पर्धामा रहेकाहरू ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए । यो ब्याचकाहरूको तीन चरणमा बढुवा भएर एसपी बन्नेछन । १२ डीएसपीमध्येबाट आठ जना एसपीमा बढुवा हुनेछन् भने थप चारजना छुट्ने छन् । आठ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन । यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन् ।
उपत्यकामा वृत्तका इन्चार्ज फेरिए
काठमाडौँ, भक्तपुर र ललितपुर स्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेम सागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर शाह, नगर प्रहरी कार्यालयमा मदनजीत महरा र प्रहरी वृत्त बालाजुमा राम कुमार दानीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।
पूर्वी रुकुमको इन्चार्जमा माधवराज खरेल, दोलखामा युवराज खड्का, तेह्रथुममा रञ्जन कुमार दाहाल, ताप्लेजुङमा रवि रावल र हुम्लामा रवीन्द्र खनाललाई सरुवा गरिएको छ । डोल्पामा हरिकृष्ण केसीलाई पठाइएको छ । कृष्ण खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र केशव भट्टराईलाई जिल्ला प्रहरी कार्यालय रसुवामा सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पामा भरत लामा, म्याग्दीमा भरत श्रेष्ठ र रामेछापमा प्रदीप कुमार सिंहलाई सरुवा गरिएको छ ।
सीआईबीमा पनि परिवर्तन
पछिल्लो सरुवामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा एकसाथ चार डीएसपीहरू परिवर्तन भएका छन् । सीआईबीमा कार्यरत चार जना पिलर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई अन्यत्र पठाएर नयाँ पठाइएको छ । सुनको अवैध चोरी पैठारी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनपछि सीआईबी प्रमुखसहित चार जनालाई सरुवा गरिएको थियो ।
सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गर्दै कार्य विभागका एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबीको जिम्मा दिएपछि पनि फेरबदल गरिएको थियो । सीआईबीकै दुई जना डीएसपीहरू रुगम कुँवर र दुर्गा प्रसाद दाहाललाई पनि सोही प्रतिवेदन बुझाउनासाथ सरुवा गरिएको थियो । कुँवरले डीएसपी हुँदा नै हालका गृहमन्त्री रवि लामिछानेलाई न्यूज २४ को कार्यालयबाट पक्राउ गरी चितवन पठाएका थिए ।
कुँवरको सरुवामा त्यसकै इगो रहेको चर्चा गरिएको छ । डीएसपी मदनजीत महरा र डा. तपनकुमार दाहाललाई बुधबार सरुवा गरिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत डीएसपी निशान्त श्रीवास्तव सीआईबीको पिलर ७ अनुसन्धान तथा कारबाही शाखामा सरुवा भएका छन। यसअघि यहाँ मदनजीत महरा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट श्याम कुमार सारु मगरलाई पनि सीआईबीमा ल्याइएको छ । उनलाई सीआईबीको मानव स्रोत व्यवस्थापन शाखाको जिम्मा दिइएको छ। यसअघि डा. तपन कुमार दाहालले हेर्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय बाँकेबाट सुन्दर तिवारी सीआईबीको पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा आएका छन् । प्रहरी प्रधान कार्यालय जाहेरी शाखाबाट सुवास हमाललाई पनि सीआईबी लगिएको छ । उनलाई ब्यूरो पिलर ५ मा फरार अभियुक्तहरूको पहिचान, पक्राउ शाखाको जिम्मेवारी दिइएको छ। यसअघि दुर्गा प्रसाद दाहाल यहाँ कार्यरत थिए । दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
रामेछापका लागि उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण
बैशाख १७, २०८१ सोमबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार