जिल्ला र उच्चको निर्णय बदर गर्दै सर्वोच्चले दियो न्यायाधीश गिरीलाई थुनामा पठाउने आदेश
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १७:४६:२७
२१ चैत, काठमाडौं । जिल्ला र उच्च अदालतको निर्णय बदर गर्दै सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सर्वोच्चले पीडित र प्रतिवादी बीच यस भन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको भन्दै सम्बन्ध नै विवादमा रहेका बेला एक्लै पीडितको कोठामा जाने विषय पनि स्वाभाविक नदेखिएको उल्लेख गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि काठमाडौं जिल्ला अदालतको न्यायाधीश गिरीलाई धरौटीमा छोड्ने र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेश बदर गरेको हो । सर्वोच्चले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको हो ।
समग्र प्रमाणहरूलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसूरदार रहेनछन् भन्न सकिने अवस्था नहुँदा यी प्रतिवादी परिवर्तित नाम २६ परिसर २६ (क) ०७९/०८० लाई मुद्दाको पुर्पक्षको लागि धरौटी तारेखमा राख्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५०।१।१९ मा भएको आदेशलाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०८०।५।२१ मा भएको आदेश वेरितको देखिँदा बदर गरी दिएको छ, सर्वोच्चको आदेशमा भनिएको छ ।
अब प्रस्तुत मुद्दामा पछि फैसला हुँदाको बखत ठहरे बमोजिम हुने गरी निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ (१)(ख) बमोजिम मुद्दाको पुर्पक्षको लागि थुनामा राखी कानून बमोजिम गर्नु भनिएको छ । न्यायाधीश गिरीविरुद्धको वैवाहिक बलात्कार मुद्दामा श्रीमतीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू योगेन्द्रबहादुर अधिकारी, अधिवक्ताहरू रेवतीराज त्रिपाठी, बलराम सुवेदी, चन्द्रप्रसाद शिवाकोटी र वासु ज्ञवलीले बहस गरेका थिए ।
उनका तर्फबाट सहन्यायाधिवक्ता गोविन्द खनाल, उपन्यायाधिवक्ताहरू शान्ति न्यौपाने र विनोद श्रेष्ठ पनि बहस गरेका थिए । न्यायाधीश गिरीले भने बयानका क्रममा कसुर इन्कार गरेका थिए । प्रतिवादी परिवर्तित नाम २६ परिसर २६ (क) ०७९÷०८० ले बयान गर्दा कसुरमा इन्कार रही बयान गरेको भए पनि वारदात भएको भनिएको मितिमा पीडितको कोठामा गई त्यो रात १० बजेदेखि भोलिपल्ट दिउँसो ३ बजेसम्म पीडितकै कोठामा रहेको र त्यहीँबाट पक्राउ परेको तथ्यलाई स्वीकार गरेको देखिन्छ, सर्वोच्चले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार